बाँसगगढीमा उन्नत गाईपालन ब्यवसायगर्दै उद्यमी किसान
- आइतबार बैशाख २४ , २०८०
विन्दु चौधरी, बाँसगढी । गाईपालनका माध्यमबाट दुधको उत्पादन वढाउने तथा स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले बर्दिया बाँसगढीमा स्वच्छ दुध उत्पादनका लागि उन्नत गाईपालन व्यवसायको विषयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरर्गत रहेको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाई बुटवल उप आयोजना मार्फत एकता पशुपालन तथा कृषि उद्यम केन्द्र प्रा.लि.ले सार्वजनिक सुनुवाई सञ्चालन गरेको हो ।
एक करोड ५१ लाख ५४ हजार २५ रुपैया लागतमा सम्पन्न भएको स्वच्छ दुध उत्पादनका लागि उन्नत गाईपालन उप आयोजना सञ्चानले दुध उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, स्थानिय स्तरमा स्वरोजगार सिर्जना गर्ने र आयस्तरमा बृद्धि गर्ने लक्ष्य रहेको एकता पशुपालन तथा कृषि उद्यम केन्दका अध्यक्ष गोविन्द प्रसाद उपाध्ययले जानकारी दिनुभयो । उप आयोजनाका लागि ७३ लाख ३५ हजार ३ सय ६२ रुपैया पुरक अनुदान, ४४ लाख ६८ हजार ५ सय १७ रुपैया वैकबाट ऋण लगानी र प्रा.लि को ३० लाख ४० हजार १ सय ४६ रुपैया लगानीबाट उपआयोजना सम्पन्न गरिएको अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो ।
२०७८ चैत २६ गतेदेखि सञ्चालन भएको उप आयोजनाबाट १ लाख ६० हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य लिएको थियो । हाल फर्ममा ४१ वटा गाई छन् । कार्यक्रम बाँसगढी नगरपालिका वाड नं ५ का वडाअध्यक्ष दहवा थारुलेले कृषि उत्पादन बिना जीवन सम्भव नभएको बताउँदै अनुदान दिने भन्दा पनि उद्यमी बनाउनु अत्यावश्यक रहेको बताउनुभयो । उहाँले आयोजना मार्फत बाँसगढी क्षेत्रका कृषकहरुलाई व्यवसायिक बनाउँदै नगरकै समृद्धिका लागि महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा विभिन्न कृषि तथा पशुपालन फर्मका संचालक, कृषक लगायतको सहभागिता रहेको थियो ।