fbpx

बढैयातालका सबै वडामा वडा स्तरिय नागरिक सञ्जाल गठन

बढैयातालका सबै वडामा वडा स्तरिय नागरिक सञ्जाल गठन


दलबहादुर सुनार, बढैयाताल । बढैयाताल गाउँ पालिकाकालाई भ्रष्टचार मुक्त र सुशासन युक्त पालिका निमार्णको लागि वडा स्तरसम्म नागरिक समाज बिस्तार गरिएको छ । भ्रष्टाचार बिरुद्ध खबरदारी गर्ने उद्देश्यले नागरिक समाज संजाल बढैयातालले आफ्नो संजाललाई पालिकाको ९ वटै वडामा बिस्तार गरेको हो ।

बाँके यूनेस्को क्लबको सहयोगमा संचालित वडा स्तरिय नागरिक समाज गठन तथा बिस्तार गर्ने अभियानको क्रममा सोमबार वडा नं ६ मा गठनगर्दै अभियान पुरा भएको नागरिक समाज संजाल बढैयातालका सचिब ज्ञानेन्द्रराज पोख्रेलले बताउनु भएको छ । पालिका स्तरीय नागरिक समाज संजालका संयोजक बालकृष्ण लामिछानेको अध्यक्षतामा र ६ न. वडाका वडाअध्यक्ष शुक्रराज सापकोटाको प्रमुख आतिथ्यमा भएको भेलाले वडा नं. ६ मा वडा स्तरीय नागरिक समाज संजाल सर्बसम्म गठन गरेको छ ।

देबी प्रसाद अधिकारीको संयोजकत्वमा ९ सदस्य रहेको संजाल गठन गरिएको छ । जसमा उप संयोजकमा बिन्दु पौडेल, सचिबमा कालिचरण थारु, सदस्यहरुमा लोहारी थारु, अन्जु रायमाझी, भुरी थारु, गुल्मी थारु हुनुहुन्छ । पालिका स्तरीय नागरिक समाज संजालका संयोजक बालकृष्ण लामिछानेले नब गठित संजालका सदस्यहरुलाई बधाई दिदै पालिकामा सवल, सक्षम, उत्तरदायी र पारदर्शी समाजको निमार्णका लागि स्थानिय सरकारले गरेका राम्रा कामको लागि रचनात्मक सहयोग गर्ने र गलत गरे खबरदारी गर्ने उद्देश्यले नागरिक समाजको स्थापना भएको बताउनु भएको छ ।

नागरिक समाजका सदस्यहरु कुनै पनि उपभोक्ता समितिमा बस्न नहुने भन्दै स्थानिय तहलाई स्थानिय जनता प्रति थप जिम्मेवार एवम् जवाफदेही बनाउनका लागि नागरिक समाजका सदस्यहरुको भुमिका महत्वपूर्ण हुनेमा उहाँको जोड छ । स्थानिय सरोकारका सवालमा देखिएको अनियमितता, ढिला सुस्ति, भ्रष्टाचार र सेवा नागरिक मैत्री नभएमा स्थानिय सरकार र सम्बन्धित निकायलाई सचेत गर्ने अटेर गरे बिरुद्धमा अभियान चलाउने संयोजक लामिछानेले चेतावनी दिनु भयो ।


भेलामा शारदा बहुमुखी क्याम्पसका अध्यक्ष प्रेमराज त्रिपाठी, बर्दिया अपांग पुनरस्थापनाका अध्यक्ष नेत्र प्रसाद सापकोटा, शारदा मा.बि.का अध्यक्ष गोबिन्द त्रिपाठी, पालिका स्तरिय बड्घर पर्शुराम चौधरी, स्थानिय वडाका जन प्रतिनिधि नागरिक समाजका सदस्यहरु, समाज सेबी, शिक्षक, संघ सस्थाका प्रतिनिधि लगाएतको सहभागिता रहेको बाँके यूनेस्को क्लबकी लक्ष्मी चौधरीले जानकारी दिनु भएको छ ।

तपाइको मत