fbpx

प्रमाणसहित सम्पर्क गर्न मिटरब्याज पिडितलाई प्रशासनको आग्रह

प्रमाणसहित सम्पर्क गर्न मिटरब्याज पिडितलाई प्रशासनको आग्रह


केशव कोईराला, बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले मिटरव्याज पिडीतहरुले आफुहरु सँग भएका सवुद, प्रमाण पेश गर्न आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारिगर्दै मिटर व्याज पिडीतहरुले बैशाक १७ गते देखी ३१ गते सम्म अनुचित लेनदेन मिटरव्याजका सबुद, प्रमाण सहित मुद्धा शाखामा सम्पर्क गर्न सम्वन्धीत सवैमा अनुरोध गरेको हो ।

जिल्ला स्थीत स्थानिय तहका ८ वटै पालिकाले आफ्नो पालिका भित्र रहेका मिटरव्याजी पिडीतहरुलाई सूचना उपलद्ध गराइ जिल्ला प्रशासन कार्यलयमा सम्पर्क राख्न पठाइदिन समेत अनुरोध गरिएको छ । मिटर व्याज सम्वन्धी जाचबुझ आयोगको परिपत्र अनुसार बर्दियामा पनि पिडितहरुलाई प्रमाण पेश गर्न अनुरोध गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

तपाइको मत