fbpx

बाख्रापालन तथा बिक्री वितरण उपआयोजनाको सार्वजनिक सुनुवाई

बाख्रापालन तथा बिक्री वितरण उपआयोजनाको सार्वजनिक सुनुवाई


विन्दु चौधरी, बाँसगढी । “उन्नत बाख्रापालन तथा खसिबोका विक्रि वितरण” उपयोजनाको अन्तिम सार्वजनिक सुनुवाई ठाकुरबाबामा सम्पन्न भएको छ । प्रेशिका एग्री फर्म ठाकुरवावा २ मा बाख्रापालन ब्यवसायमा आधुनिक प्रविधिको प्रयोग गर्दै नश्ल सुधार गरी गुणस्तरिय खसिबोका तथा पाठापाठी उत्पादन गर्ने उद्देश्यले संचालित उपयोजनाको सार्वजानिक सुनुवाइ भएको हो ।

उप–आयोजनाको लगानी मध्ये ५० प्रतिशत सरकारी आयोजनाको एवम् बाँकी आधामध्ये २० प्रतिशत रकम फर्म स्वयंको र ३० प्रतिशत बैकबाट ऋण लगानी गर्नेगरी सम्झौता भएको थियो । सो सम्झौता अनुसार आयोजनाको पुरक अनुदान रकम ३३ लाख २८ हजार ५ सय ९० रुपैया, बैंकको ऋण लगानी २२ लाख ९६ हजार ६१ रुपैया र सो लगानी १२ लाख २० हजार ८ सय ५२ रुपैया गरी जम्मा ६८ लाख ४५ हजार ५ सय ३ रुपैया लागतमा उपआयोजना सम्पन्न भएको फर्मका संचालक प्रेम प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

कार्यक्रम ठाकुरवावा नगरपालिकाका नगर उप्रमुख तिलकराम लम्साल, पशुसेवा शाखाका डा. कृष्ण खड्का, वार्ड नम्बर २ का वडाअध्यक्ष कमल प्रसाद चपाई लगाएतको उपस्थिती रहेको फर्मका संचालक लामिछानेले जानकारी दिनुभयो ।

तपाइको मत