fbpx

सशस्त्र प्रहरी बल धनौराको नवनिर्मित विओपी भवन उद्घाटन

सशस्त्र प्रहरी बल धनौराको नवनिर्मित विओपी भवन उद्घाटन


हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नं–३ धनौरामा निर्माण गरिएको वोर्डर आउट पोष्ट (विओपी) भवन उद्घाटन गरिएको छ । वि.ओ.पी. धनौराको नवनिर्मित भवन सशस्त्र प्रहरी वल नेपाल नं–५ विन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्काले ब्यानर बाचन गरेर उद्घाटन गर्नुभएको हो ।

नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले नेपाल भारत सिमा नाकाहरुमा वि.ओ.पी. ५ सय पुर्याउने नेपाल सरकारको दीर्घकालीन लक्ष्य रहेको बताउनु भयो । लुम्बिनी प्रदेश सशस्त्र प्रहरी वल नेपाललाई स्वीकृति गरिएको १ सय ५० वटा वि.ओ.पी. हो । बर्दिया जिल्लामा २ वटा प्रस्तावित सिमा सुरक्षा गुल्म, ६ वटा वि.ओ.पी. र ५ वटा एफ.ओ.पी. हरु स्थापना भैइ कार्य संचालन गर्दै आईरहेको उहाँको भनाई छ । चरणबद्ध रुपमा थप पोस्टहरु स्थापना गरि २४ वटा वि.ओ.पी. हरु स्थापना गर्ने लक्ष्य रहेको प्रमुख अतिथी खड्काले बताउनु भएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रिसालले सशस्त्र प्रहरी वल शान्ति स्थापना सङ्गसङ्गै सिमा नाका सुरक्षाको महत्वपूर्ण जिम्मेवारी लिएर अगाडि बढेको अवस्था रहेको बताउनु भएको छ । सिमा क्षेत्रमा हुने अवैध गतिविधि क्रियाकलाप नियन्त्रण, अनैतिक तथा कानुन विपरीत गतिविधि गर्ने बिरुद्ध भारतका समकक्षीहरुसङ्ग समन्वय सहकार्य गरेर नागरिकहरुलाई ढुक्कसँग बस्ने बाताबरण सिर्जना गर्नुपर्नेमा प्रजिअ रिसालको जोड छ । सशस्त्र प्रहरी वल नेपाल नं–३१ गण हेडक्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर शाहीले बर्दिया जिल्ला करिव ८२ दशमलव ८ किलोमीटर सिमाना भारतसङ्ग जोडिएको बताउनु भयो ।

सशस्त्र प्रहरी वल नेपाललाई नागरिकले जुन विश्वास गर्नु भएको छ त्यसमा अझ बढी जिम्मेवारी भई सिमा क्षेत्रमा हुने विभिन्न किसिमका आपराधिक एवम् गैह्कानुनी गतिविधि नियन्त्रण गर्न आफूहरु सक्षम रहने बताउँदै सिमा क्षेत्रको सुरक्षामा अहोरात्र खटिने अग्रणी भुमिकामा रह्ने प्रतिबद्धता गर्नु भएको छ । मधुवन नगरपालिका वडा नं–३ का वडा अध्यक्ष नारायण मल्ल मधुवन नगरपालिकाको धनौरा क्षेत्र सबैभन्दा बढी लागू औषध ओसारपसार गर्ने क्षेत्र पनि हो र यहाँबाट विभिन्न किसिमका चोरी तस्करी, मानव बेचविखत हुने गरेको स्मरणगर्दै यस्ता क्रियाकलापलाई नियन्त्रण गर्न वि.ओ.पी. धनौरा सफल हुने विस्वास ब्यक्तगर्नुभयो । उद्घाटन कार्यक्रम संचालन वि.ओ.पी. धनौराका प्रमुख सशस्त्र प्रहरी वल नेपालका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण रावलले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सशस्त्र प्रहरी वल नेपाल नं–५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्का, विशिष्ट अतिथिहरुमा मधुवन नगरपालिकाका नगर उप–प्रमुख अनिता चौधरी, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, अतिथिमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख उपरीक्षक सुधीरराज शाही, सशस्त्र प्रहरी वल नेपाल नं–३१ गण हेडक्वाटर बर्दियाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक हर्क बहादुर शाही, राष्ट्रिय अनुसन्धान बर्दियाका उप–निर्देशक नरेश बम, नेपाली सेना बज्रदल गण मातहत सुरक्षा गुल्म बर्दियाका गुल्मपती सेनानी शिव थापा, मधुवन नगरपालिका वडा नं–३ का वडा अध्यक्ष नारायण मल्ल र बुद्धिजीवी तथा भद्रभलामीहरुको उपस्थिति रहेको थियो ।

तपाइको मत