fbpx

कृष्णसार संरक्षण क्षेत्रको बस्ती ब्यवस्थापन प्रमुख चुनौती : टंकप्रसाद अधिकारी, वडाध्यक्ष गुनपा-२

कृष्णसार संरक्षण क्षेत्रको बस्ती ब्यवस्थापन प्रमुख चुनौती : टंकप्रसाद अधिकारी, वडाध्यक्ष गुनपा-२


चुरेकुञ्जले ‘जनताको प्रश्न जनप्रतिनिधिको जवाफ अभियान शुरु गरेको छ । संघीय, प्रदेस तथा स्थानिय सरकारमा जनताको मत जितेर गएका प्रतिनिधिहरुले निर्वाचनमा गरेका बाचा, अहिले सम्म गरेका गतिविधि, बिकासको चुनौती एवम् आगामी कार्य योजना जनता सामु छर्लङग पार्ने सञ्चार कर्मको दायित्व सम्झेर सबै प्रतिनिधिलाई एकै प्रश्न मार्फत अभियानमा जोड्ने प्रयास गरेका छौं । प्रस्तुत छ, गुलरिया नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष टंकप्रसाद अधिकारीसँग पत्रकार मुरली गोडीयाले गरेको कुराकानी जस्ताको तस्तै :

तपाईले भोट माग्दा जनतासँग गरेका बाचाहरु केके हुन् ?

धन्यवाद । मैले बाचा गरेका कुराहरुमा गाँउका साना साना बाटा घाटाहरु बनाउने छु भनेको छु । म पहिला पनि अध्यक्ष बनेको हो । पहिलेको कुरा नगरौं । त्यो मध्य स्वास्थ्यमा १ सय ७१ जनाको विमा गरेको छु । अहिले चालिस जनालाई औषधी उपचार गरेको छु । अनि ९ जना मृत्यु भएका मानिसका लागी काजत्रियाका लागी सहयोग गरेको छु । कृषी क्षेत्रमा विकास गर्ने, विद्युत सेवा पु¥याउने भनेको छु । मैले आफुले सक्दो आफनो अधिकार क्षेत्रभित्र रहेका नागरिक संग जोडिएका समस्याहरुलाई समाधान गर्नलाई नागरिक संग बाचा गरेको छु । वडामा भएको गरिब निमुखा तथा रोगीहरुको लागी स्वास्थ्य विमा जस्तो कार्यक्रममा जोडेको छु । त्यहि नै हो मैलो बाचा गरेका कुराहरु ।

निर्वाचन जितेर आएपछि केके काम गर्नु भयो ?

गरिब अति विपन्न परिवारहरुलाई बोरिङ्ग सिचाई अहिले गरेको छु १५ जनालाई । महिलाहरुलाई आयआर्जनमा जोड्ने तालिम दिएको छु । खानेपानि फिल्टर राख्ने विषयमा २० प्रतिशत नागरिकले लगाउने र ८० प्रतिशत वडाले लगाउने कार्य गरेको छु । विपन्नहरुलाई खानेपानी सुविधा सँग विषेश जोड दिएको छु । शिक्षा क्षेत्रमा आधारभुत विद्यालयमा शिक्षक राख्ने त्यस्तै विद्यालय भवन निर्माणमा सहयोग गरिएको छ । अहिले नगरले पनि त्यसैमा व्यवस्थापन गरेको छ ।

तपाईको क्षेत्रको बिकासमा मुख्य चुनौती के हो ?

चुनौती भनेको हामीलाई प्रदेश तथा केन्द्र सरकारले हेर्दैन । हाम्रो वडा भित्र दुर्लभ वन्यजन्तु कृष्णसार छ त्यता सरकारले नजर लगाएकै छैन । २४ जना कर्मचारी दरबन्दि छ यता तिर माथी बाट कुनै ध्यान दिइएको छैन । त्यस्तै बस्ति व्यवस्थापनको ठुलो चुनौती छ जुन सरकारले हेरेकै छैन । म आफै थाकें । कति पटक ध्यानाकर्षण गराएँ तर भएन । सुन्ने वाला कोइ पनि छैन । मैले विगत देखी अहिले सम्म एउटै मन्त्रिलाई ९ पटक सम्म भेटेर पनि भने बस्ति व्यवस्थापन र कृष्णसारको समास्याका बारेमा तर कहिलै सुनुवाई भएन । वहाँले टेरपुच्छरै लाईदिनु भएन । विचरा बाटोमा बस्ने भनेको गरिब मानिस हो । धनि होइन । गरिबहरुको घर भत्किने हुन्छ । आयोगले पनि केइ गर्दैन । सरकारले केइ गर्दैन हामी वडाले गर्ने जति सवै गरेका छौ ।

जनताले चाहे जति काम गरे जस्तो लाग्छ ?

नाई एकदम मैले महसुस गरेको छु । पहिले त नगरबाट त्यस्तो खासै सहयोग नभएको भएपनि अहिले निक्कै सहयोग मिलेको छ । नगरले राम्रो गरेको छ । योजनाहरु धेरै परेका छन । बाटो घाटो, शिक्षा, स्वास्थ्यमा पनि कार्यक्रमहरु परेको छ । पहिले मेयर सापले गर्न सक्नु भएन तर दोस्रो पटक आउँदा वहाँले २ नम्बर वडामा अब काम गर्छु भन्नु भएको छ । अहिले सहयोग गर्नु भएको छ । काम गरेकोलाई गरेको भन्नु पर्छ । जनताले चाहेको जस्तो काम गरेको छु । जनताको धेरै आशा छ त्यस्तै चुनौती पनि १ हजार ४९ जना सुकुम्बासी मात्र छन् यो वडामा । त्यसकारण मैले सवैलाई खुशि बनाउने कार्य गरको छु । वडामा आएका मानिसहरुलाई मैले काम गरेकै छु । जे जति वडामा कार्यक्रम तथा अन्य सेवा सुविधा छन ती सवैलाई समान रुपले वितरण गर्ने गरेको छु । त्यै भएर जनताले मलाई दोस्रो पटक पनि भारी मतले विजय बनाएका छन । जनतालाई धन्यवाद ।

तपाईका अगामी बाचा प्रतिबद्धता के हुन् ?

आगामी बाचाहरु लगभग २ सय ५० जनाका स्वास्थ्य विमा गर्ने हो अझै थप्ने योजना बनाएको छु । मलाई सवभन्दा खट्केको म योजना लिएर नगरमा जानेछु । पास हुन्छ हुन्न खै, मृत्यु भएका मानिसलाई काजक्रिया बापत खर्च दिने र अति विपन्न मधेशीहरु यहाँ हुनुहुन्छ । वहाँहरुको छोरीको विवाह गर्न निक्कै समस्या छ जस्का लागी विवाहमा थोरै भएपनि खर्च दियौं भने वहाँहरुलाई निक्कै सहयोग हुने छ । एउटा विवाहमा कम्तीमा ८÷१० हजार रुपैया दिन पाए त विपन्न परिवारका छोरीहरुको विवाहलाई सहयोग हुने थियो । यस्तो गरिदिनुस भनेर वडामा कुरा आएको छ शिक्षा स्वास्थ्यमा राम्रो गरिदिनुस भनेका छन । हामी त्यस तर्फ लाग्ने भनेका छौं । धन्यवाद ।

तपाइको मत