fbpx

मानव जीवनको अस्तित्वका लागि जैविकविविधता

मानव जीवनको अस्तित्वका लागि जैविकविविधता


विन्दु चौधरी, बाँसगढी । मानव जीवनको अस्तित्वका लागि जैविक विविधताको उच्च महत्व रहेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय, बर्दियाका संरक्षण अधिकृत विनय कुमार झाले बताउनु भएको छ । गुलरियामा आयोजित वन र वन्यजन्तु, जैविक विविधता तथा ब्यवस्थापन अभिमुखिकरण कार्यक्रममा संरक्षण अधिकृत झाले जैविक विविधताको ब्यवस्थापन सरोकारवाला र आम नागरिकको सहभागितामा त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

संरक्षण अधिकृत झाका अनुसार हाल कृष्णसार संरक्षण क्षेत्रमा ११९ वटा पोथी, ४२ वटा भाले र ३२ वटा बच्चा गरी जम्मा १९३ वटा कृष्णसार रहेको जानकारी दिनुभयो । १६. ९४ किलोमिटर क्षेत्रफल ओगटेको सरक्षित क्षेत्रमा करिव ४० हेक्टर घाँसे मैदान रहेको बताउनुभयो । लोप हुने प्रजाती कृष्णसारलाई सम्पुर्ण तह तप्काको सहयोगबाट कृष्णसारको संख्यामा बृद्धि गर्न सक्यौं भने यहाँ बर्दियाकै ठुलो सम्पत्तीको रुपमा रहने बताउनुभयो । उहाँका अनुसार हाल बर्दियामा स्तनधारी १८१ प्रजाति, चरा ९८७ प्रजाति, घस्रने १०० प्रजाति, उभयचर ४३, पुतली ६५३ प्रजाति, माकुरा १४४ प्रजाति, र किराहरु ५ हजार ५२ प्रजातिका प्राणी पहिचान भएका छन् ।

डिभिजन वन कार्यालय बर्दियाका वन अधिकृत दिपक चौधरीले सामुदायिक वन व्यवस्थापनमा भएका समस्या र सुधार गर्ने पक्षकाबारेमा सहजीकरण गर्नुभएको थियो । उहाँले वनकोे संरक्षण गर्ने जिम्मा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले पाएको बताउनुभयो । फेकोफनले सामुदायिक वनमा महिला सहभागितालाई जोड दिएको छ । फेकोफनले पदाधिकारी छनौट हुँदा कार्यसमितिमा नै ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने निर्णय गरेसँगै नेतृत्व तहमा र सहभागितात्मक रुपमा पनि महिला सहभागिता बढेको बताउनु भएको थियो ।

तपाइको मत