राजापुरमा जल गुरुयोजना सम्बन्धि कार्यशाला सम्पन्न
- आइतबार बैशाख १७ , २०८०
चुरेकुञ्ज, राजापुर । राष्ट्रिय खानेपानी सरसफाइ तथा शुद्धता योजना अध्यावधिक एवं जल गुरुयोजना सम्बन्धि कार्यशाला राजापुरमा सम्पन्न गरिएको छ । समग्र पानीको एकीकृत बिकास गर्ने उदेश्यले कार्यशाला आयोजना गरिएको हो ।
युएसएआइडिको सहयोगमा कर्णाली जल परियोजना राजापुर नगरपालिका वडा न ४ ले आयोजना गरेको कार्यशालामा दिर्घकालिन पानीको श्रोतको संचितीकरण गर्न पोखरि व्यवस्थापन, बृक्षारोपण, भुमिगत खानेपानिको अवस्था, खानेपानी ट्युवेलको अवस्था, ढल निकास डम्पीङ्ग साइड व्यवस्थापन बारे बिकास साझेदार संस्थाका प्राबिधिक दिर्घनारायण पाण्डेले सहजिकरण गर्नुभयो ।
कार्यक्रममा सहभागी वडघर, टोलबिकास सँस्थाका सदस्य, जन प्रतिनिधीहरुले ४ नम्वर वडाको श्रोत नक्सा निर्माण गरेको वडा सचिव रमेश चौधरीले जानकारी दिनुभयो । हाल वडा नं ४ मा १ हजार ९ सय २६ घरधुरी रहेको भनिए पनी एकिन घरधुरी तथ्यांक संकलन गर्नुपर्ने सरोकारहरुले खाँचो औंल्याएका छन् । ४ नं वडा अध्यक्ष बिदुर पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यशालामा प्राध्यापक, शिक्षक, बजार व्यवस्थापन समितीका अध्यक्ष, उद्योग बाणिज्यसंघका अध्यक्ष लगायतको सहभागिता थियो ।