fbpx

अन्तर सहकारी उद्यमी महिलाहरु बिच बाँसगढीमा समिक्षा

अन्तर सहकारी उद्यमी महिलाहरु बिच बाँसगढीमा समिक्षा

मुरली गोडिया, गुलरिया । हेफर प्रोजेक्ट नेपालको अयोजनामा अन्तर सहकारी समिक्षा बैठक गरिएको छ । बर्दियाको बाँसगढी नगरपालिकामा जिल्लाका १३ वटा सहकारी संस्थाका महिलाहरुको सहभागीतामा विभिन्न आर्थिक क्रियाकलाप तथा सहकारीलेगर्दै आएका उद्यमहरु बीच छलफल गरिएको छ ।

पशु बस्तुको मुल्य श्रृंखलामा आधारित साना किसानहरुको संस्था सबलीकरण परियोजनाले जिल्लाका विभिन्न सहकारी संस्थाहरुलाई गाँउ गाँउमा लोकल कुखुरा, खसि बाख्रा, तरकारी र दुध उत्पादन क्षेत्रमा विशेष गरि यो परियोजनाले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यगर्दै आएको हेफर नेपालका बरिष्ठ कार्यक्रम अधिकृत प्रदिप शर्माले जानकारी दिनु भएको छ । शुक्रबार बाँसगढीमा भएको अन्तर सहकारी समिक्षा बैठकमा विभिन्न पालिकामा रहेको सहकारी संस्थाका महिलाहरुको उपस्थितीमा सहकारीलेगर्दै आएका आर्थिक क्रियाकलाप बारे जानकारी गराइएको थियो ।

परियोजनाले सवै सहकारीलाई एकै स्थानमा जम्मा गरि एक अर्काले गरेको आर्थिक क्रियाकलाप बारे सबै सहकारीमा आवद्ध महिलाहरुलाई सिकाई हुने उद्धेश्यले बैठक गराइएको संयोजक पौडेलले बताउनु भयो । परियोजनाले सहकारीहरुलाई विभिन्न वित्तिय संस्थासंग समन्वय गराई ऋण लिई व्यवसाय गर्ने, सहकारीहरुले पनि आन्तरिक ऋण लागनी गर्ने शिलशिलामा आवश्यक वित्तिय संस्थाको सहयोग समेत लिने गरेका छन । बैंकहरुले सहकारीमा लगानी गरे पश्चात निगरानीको आवश्यकता रहेको सहकारीमा आबद्ध महिलाको भनाई छ । एउटै व्यक्तिले फरक फरक वित्तिय संस्था मार्फत ऋण लिने समयमा व्याज नबुझाउने गर्नाले सहकारी संचालनमा समस्या आएको उनिहरुको गुनासो छ ।

सहकारीहरुले धेरै वटा बैंकहरु मार्फत आर्थिक क्रियाकलाप नगर्ने र ऋण लिए पश्चात व्याज समयमै तिर्नुपर्ने माछापुच्छ्रे बैंकका कोहलपुर शाखा प्रवन्धक आशिश सिग्देलले बताउनु भयो । जसका कारण वित्तिय संस्थाहरुलाई लगानीमा विश्वासको कमि देखिएकाले सहकारीहरुले विश्वासको बाताबारण निर्माण गर्नुपर्ने सिग्देलले उल्लेख गर्नु भयो । गाँउमा बेरोजगार महिलाहरु संगठित भई सहकारी स्थापना गरि विभिन्न वित्तिय संस्थाको समन्वयगर्दै आर्थिक उपार्जनका कार्यहरु गर्दै आएका हुन । बर्दिया जिल्लाका ८ ओटै पालिकाका करिब १३ वटा सहरकारी संस्थाहरुले महिलालाई आर्थिक क्रियाकलाप संग गाँस्दै स्वारोजगार बनाउने उद्देश्यले परियोजनाले कामगर्दै आएको हेफर प्रोजेक्ट नेपालका बजार सहजकर्ता शोभाकान्त पौडेलले बताउनु भएको छ ।

तपाइको मत