fbpx

बढैयातालका सामुदायिक बनमा डढेलोको प्रकोप

बढैयातालका सामुदायिक बनमा डढेलोको प्रकोप


दलबहादुर सुनार, बढैैयाताल । बढैयातालका बिभिन्न सामुदायिक बनमा डढेलोको प्रकोप देखिएको छ । बिहिवार एकै दिन बढैयाताल गाउँपालिका वडा नम्वर ८ का चार वटा सामुदायिक बनमा डढेलो लागेको हो ।

सब डिभिजनल बन कार्यालय बाँसगढीका अनुसार जनकल्याण सामुदायिक बन सरस्वती सामुदायिक बन, तिलकाना सामुदायिक बन र त्रिपुरा सामुदायिक बनमा डढेलो लागेको बताईएको छ । जनकल्याण सामुदायिक बनमा विहिवार बिहान पौने ११ बजे देखिएको आगो फैलिदै गएपछि केही समय बन क्षेत्र आगोको ज्वाला र धुँवाले ढाकेको थियो । आगोको राप र तापको कारण नियन्त्रण गर्नमा सकस भएपनि दमकलको सहायताले सबै डढेलो नियन्त्रणमा लिईएको छ । आगो किन र कसरी सल्कियो भन्ने बारेमा अनुसन्धान भैरहेको जनाईएको छ ।

बढैयाताल गाउँ पालिका स्थित जनतानगर सडक नजिक जनकल्याण र सरस्वति सामुदायिक बनमा लागेको आगो नियन्त्रण गर्न स्थानिय उपभोक्ता, सब डिभिजन बन कार्यालय बाँसगढीका कर्मचारी र नेपाल प्रहरी लाई हम्मे हम्मे परे पछि बाँसगढी नगरपालिकाको दमकलको सहयोगमा करिब साढे २ बजे आगो नियन्त्रणमा लिईएको सब डिभिजनका प्रमुख रामगणेश शाहले चुरेकुञ्जलाई जानकारी दिनुभयो ।

एकै दिन ४ वटा सामुदायिक बनमा लागेको डढेलो करिब ५० हेक्टर बन क्षेत्रमा फैलिएको र यो सरफेस फायर भएकाले समयमै सबैको साथ र सहयोग पाउँदा सामान्य क्षति बाहेक ठुलो क्षति नभएको प्रमुख शाहको भनाई छ । प्रायजसो गर्मि मौसममा लाग्ने डढेलोका कारण देशका धेरै बन जंगलहरुमा ठुलो धनजनको क्षति पुग्ने भएकोले समयमा ध्यान पुर्याउन नसके हाम्रा सामुदायिक बनमा पनि ठुलो क्षति हुने निश्चित छ । डढेलो रोक्नथाम नियन्त्रण सम्बन्धि सचेतना अभियान संचालन गर्नु पर्नेमा सरोकार वालाको ध्यान जान जरुरी देखिन्छ ।

तपाइको मत