fbpx

गुलरिया नगरपालिकाको कामकाज बन्द

गुलरिया नगरपालिकाको कामकाज बन्द


चुरेकुञ्ज, गुलरिया । कोभिड–१९ को संक्रमण ब्यापक भई गुलरिया नगरपालिकाका कर्मचारीहरु संक्रमित हुन थालेपछि नगरपालिकाले कामकाज बन्द गरेको छ । वैशाक १२ गते बसेको नगरपालिकाको निर्णयले नपाबाट प्रदान गरिने अत्यावस्यक सेवा वाहेकका दैनिक प्रशासनिक कामकाज बन्द गरेको हो ।

गुलरिया नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले सूचना जारीगर्दै वैशाक १३ गतेदेखि १९ गतेसम्म नगरपालिकाको कामकाज बन्द रहने जानकारी दिएका छन् ।

मधुवन नगरपालिकाले पनि निर्णयगर्दै कोभिड संक्रमण बढेकाले अर्को सूचना जारी नहुँदा सम्मका लागि मधुवन नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गरिने परिक्षा, पठनपाठन लगायतका अन्य कार्यक्रमहरु बन्द हुने शाखा अधिकृत नारायण प्रसाद खनालले सूचना मार्फत जानकारी गराएका छन् ।

तपाइको मत