राजापुरका किसानको क्षमता बढाउन नगरको तालिम
- शुक्रबार बैशाख १५ , २०८०
पुरुषोत्तम खनाल, राजापुर । बर्दियाको राजापुर नगरपालि अन्र्तगत कृषि शाखाले स्थानीय किसानको क्षमता बढाउन १ दिने तालिम दिएको छ । हरियो मल, कम्पोष्ट मल तथा सुष्म खाद्य तत्वका बारेमा जानकारी दिदै खेती योग्य जमिनको उत्पादन शक्ति बढाउने उद्देश्यले किसानहरुलाई तालिम दिईएको हो ।
राजापुर नगरपालिकाको वडा नं. १ देखि ९ सम्मका किसानलाई कृषि शाखाको भवनमा तालिम सञ्चालन गरिएको कृषि शाखा प्रमुख सहायक नायब प्राविधिक सुमन चौधरीले वताउनु भयो । तालिममा प्रत्येक वडाबाट १५ जना गरी १५० जना सहभागिलाई जनही ९ किलो ढंैचाको विउ वितरण गरिएको छ । वडा नं. १० को तालिम वडा कार्यालयमा हुने पनि कृषि शाखाले जनाएको छ । हरेक वर्ष खेतमा रासायनिक मलको प्रयोग बढाउने तर माटोमा हरियो मल, कम्पोष्ट मल तथा सुष्म खाद्य तत्वका बारेमा जानकारी नराख्दा वर्षेनी उत्पादन शक्ति कम हुदै गएकाले यो क्षेत्रका किसान कै मागलाई ध्यानमा राखेर तालिमको आयोजना गरिएको कृषि शाखाका नायव प्राविधिक सहायक रमेश वलीले वताउनु भयो ।
विगतमा जस्तो गाई भैसी पाल्ने किसानको संख्या कम हुँदै गएको र व्यवसायिक खेती गर्ने किसान बढ्दै जाँदा रासायनिक मलको धेरै प्रयोग हुने भएकाले उत्पादन शक्ति बढाउन हरियो मल ढैंचा सम्बन्धी तालिमको आयोजना गरिएको वलीको भनाई छ । यस्तै शाखाले किसानको माटो परिक्षणको निःशूल्क शिविर समेत आयोजना गर्ने भएको छ । माटोको अवस्था र उपचारको तरिका वताउनका लागि नगरपालिकाका किसान लक्षित माटो परिक्षण शिविरको आयोजना गर्न लागिएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय गुलरियाका नायब कृषि प्राविधिक रज आचार्यले वताउनु भयो ।
पहिला माटो परिक्षण गरेका किसानले आफै पनि खेतको विभिन्न ठाउँमा १५ देखि २० सेन्टिमिटर सम्म गहिरो खन्ने जहाँ सबै माटोको नमूना पर्ने होस् । यसरी संकलन गरेको माटो करिब आधा किलो शाखामा ल्याउन वा किसानले माटो ल्याउने तरिका जान्न गर्नु पर्ने कार्यका लागि शाखामा सम्पर्क गर्न सक्ने कृषि प्राविधिक आचार्यको भनाई छ । वैशाख २१ गते कृषि शाखामा क्षेत्रीय माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेको टोलीले माटो परिक्षण गर्ने भएको छ ।