fbpx

बाँसगढीका शिक्षकहरुलाई सरसफाई तथा स्वच्छता तालिम

बाँसगढीका शिक्षकहरुलाई सरसफाई तथा स्वच्छता तालिम


विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिका वाड नं ३ मा शिक्षकहरुलाई खानेपानी, सरसफाई तथा स्वच्छता र अपांगता समावेशी विपद जोखिम न्यूनिकरण सम्बन्धी ३ दिने तालिम दिईएको छ । बाँसगढि सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजना, रिड नेपाल, ए.एस.बि जर्मनको आर्थिक सहयोग र सदृढ जोखिम ब्यवस्थापन तथा समावेशी आर्थिक, सामाजिक विकास मार्फत समुदायका उत्थानशिलता अभिबृद्धि परियोजना अन्तर्गत उक्त तालिम भएको हो ।

तालिममा बाँसगढी नगरपालिका वाड नं ३ अन्तरर्गत रहेका सामुदायिक र सस्थागत गरी ८ वटा विद्यालयका १७ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षण नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कार्यक्रम अधिकृत लौटन चौधरीले सहजीकरण गर्नुभएको थियो । तालिममा खानेपानी, सरसफाई तथा स्वच्छतालाई कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा योजना निर्माण गरिएको थियो । त्यसैगरी अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणका विषयमा शिक्षकहरुको आवाज नीतिगत क्षेत्रमा काम गर्ने सरकारी संयन्त्रसम्म पुगोस् भनेर बृहत छलफल गरिएको थियो ।

नेपालमा अपाङ्गगता समावेशी विपद व्यवस्थापनको विगत, वर्तमान र भविष्यसँग सम्बन्धीत रहेर सञ्चालित छलफलमा विभिन्न नीति, नियम र नियमावली भए पनि अपाङ्गगता समावेशी विपद् जोखिम न्यूनीकरणको क्षेत्र उक्त नीति तथा नियमावलीहरु व्यवहारिक रुपमा लागू नभएको बताएका थिए । बाँसगढी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका सचिव प्रेम प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिका नगर उपप्रमुख ईन्दिरा चौधरी, बाँसगढि न.पा ३ का वडा अध्यक्ष रामचन्द्र थारू पुस्तकालयका अध्यक्ष गोविन्द प्रसाद शर्मा, सदस्य नैन बहादुर खत्री लगायतको उपस्थिती रहेको परियोजनाका सामाजिक परिचालक हरिकला अधिकारीले जानकारी दिनुभयो ।

तपाइको मत