महिला पत्रकारलाई बन्यजन्तु संरक्षण सम्बन्धी अभिमुखीकरण
- बुधबार बैशाख १३ , २०८०
विन्दु चौधरी, बाँसगढी । डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोग र संचारिका समुह नेपाल लुम्विनी प्रदेशको आयोजनामा बर्दियाको गुलरियामा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानिय जनप्रतिनिधि, वन समुदायका पदाधिकारी र संचारकर्मिहरुसंग वन्यजन्तु सरक्षण सम्बन्धी अभिमुखिकरण भएको हो ।
संचारिका समुह बर्दियाकी अध्यक्ष पुष्पा चौधरीले सूचनाको हकको संरक्षण, संवद्र्धन र प्रचलनमा जनप्रतिनिधि, सञ्चारकर्मी र नागरिक समाजका अगुवाहरुको भूमिकाको विषयमा सहजीकरण गर्नुभएको थियो । संचारिका समुह नेपाल लुम्विनी प्रदेशका महाँसचिव मेनका चौधरीको अध्यक्षता र गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, डिभिजनल बन कार्यालय बर्दिया, कृष्णसार संरक्षण क्षेत्र कार्यालय बर्दिया लगायत जिल्ला स्थित महिला पत्रकार लगायत स्थानिय जनप्रतिनिधि, बन समुदायका पदाधिकारीहरुको सहभागीता थियो ।