fbpx

सिटिजन्स वैंकका सीईयो पोखरेलद्वारा स्वर्गिय पिताको स्मृतिमा अक्षयकोष

सिटिजन्स वैंकका सीईयो पोखरेलद्वारा स्वर्गिय पिताको स्मृतिमा अक्षयकोष


चुरेकुञ्ज, गुलरिया । सिटिजन्स वैंक इन्टरनेशनल नेपालका सीईयो गणेशराज पोखरेलले स्वर्गिय पिता खेटराज उपाध्यायको स्मृतिमा अक्षयकोष स्थापना गर्नु भएको छ । बर्दियाको गुलरिया स्थित बगलामुखी मन्दिरका अध्यक्ष, प्रजातान्त्रिक आन्दोलनका अभियन्ता एवम् समाजसेवी आफ्ना पिताको सम्मानमा सीईयो पोखरेलले अक्षयकोष स्थापना गर्नु भएको हो ।

गत चैत्र २५ गते ८७ बर्षको उमेरमा अध्यक्ष पोखरेलको निधन भएको थियो । स्वार्गिय पोखरेल चार दशकदेखि सदरमुकाममा अवस्थित बगलामुखी मन्दिरको अध्यक्ष पदमा हुनुहुन्थ्यो । पिताजीको स्मृतिमा एक लाख एक हजार मन्दिरलाई प्रदान गरी सीईयो पोखरेलले अक्षयकोष राख्नु भएको हो ।

यसअघि स्व.पोखरेलकै पहलमा एक लाख रुपैया मुद्दति खातामा राखिएको र सोहीको व्याजबाट मन्दिरमा पूजा व्यवस्थापन गरिएकोमा त्यसमा पचास हजार रकम सीईयो पोखरेलले थप्नु भएको बगलामुखी मन्दिरका पूजारी डिल्लीप्रसाद उपाध्यायले बताउनु भएको छ ।

तपाइको मत