fbpx

भुमिहिनका समस्या समाधान गर्छु : मंत्री रञ्जिता चौधरी

भुमिहिनका समस्या समाधान गर्छु : मंत्री रञ्जिता चौधरी


केशव कोइराला, बर्दिया । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भुमि व्यवस्थापन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ । बर्दियाको मधुवन नगरपालिका ८ टिसियन बस्तीले आयोजना गरेको साक्षात्कार कार्यक्रममाबोल्दै आईतबार मन्त्री चौधरीले यस्तो बताउनु भएको हो ।

बर्दिया भुमिहिन, सुकुम्वासी, मुक्त कमैया भएको जिल्ला हो म जुन पृष्ठभुमिवाट यो मन्त्रालयमा पुगेँ मंत्री चौधरीले भन्नुभयो “यो कुरा मलाइ थाह छ थारुहरुलाई भुमिपुत्र भनेपनी हामिहरु सँग जग्गा नहुनु दुःखद हो । भुमिहिनहरुलाई लालपुर्जा दिलाउने काममा निरन्तर लागि रहने छु ।” भुमि आयोगका अध्यक्ष सँग छलफल भइरहेको भन्दै मंत्री चौधरीले मंत्री परिषद, संसद भवन जुन ठाँउमा बोल्नु परेपनी भुमि व्यवस्थापन गरेरै छाड्ने बिश्वास दिलाउनु भयो ।

पछिल्लो समय बर्दिया जिल्ला लगाएत देश भर देखिएको सहकारीको समस्यालाई पनी आफुले गम्भीर रुपमा लिएको र यस बिषयलाइपनि महत्वपूर्ण रुपमा हेर्ने उहाँको भनाई छ । कार्यक्रममा स्थानियहरुले दिएको ज्ञापन पत्र बुझ्दै मंत्री चौधरीले ज्ञापन पत्रमा उल्लेख भएका बिषयहरुलाई गम्भीर रुपमा लिने समेत धारणा राख्नुभयो ।

तपाइको मत