fbpx

गुणस्तरिय शिक्षा प्रवाहगर्दै विद्याज्योति मावि कण्ठपुर

गुणस्तरिय शिक्षा प्रवाहगर्दै विद्याज्योति मावि कण्ठपुर


दलबहादुर सुनार, बढैयाताल । शैक्षिक शत्र शुरु भएसंगै सामुदायिक बिद्यालयका अभिभाबकले आफ्ना बालबालिकाको गुणस्तरीय शिक्षाको लागी चाँसो देखाएका छन् । बिद्या ज्योति माध्यामिक विद्यालय कण्ठपुर बर्दियाले आ.ब. ०७९/०८० को बजेट तथा कार्यक्रम र विद्यालयको शैक्षिक रणनितिक योजनाका बारेमा आयोजित अन्तरकृयात्मक भेलाका उपस्थित अभिभाबकले गुणस्तरी शिक्षाको सवालमा चासो देखाएका हुन् ।

अभिभाबकले बिचार राख्दै हुने खानेका छोरा छोरी राम्रा बोर्डिङ स्कुलमा पढ्ने र बिपन्न समुदायका बालबालिका नजिकको सामुदायिक बिद्यालयमा पढ्न बाध्य भएको बताए । सामुदायिक बिद्यालयले बोर्डिङ स्कुलको जस्तै पठन पाठनको ब्यबस्था गर्ने हो भने हाम्रा बालबालिका पनि नजिकको बिद्यालयमा पढाउने बताउदै बिद्यालयले गुणस्तरीय शिक्षाको लागि ग्यारेन्टी गर्नु पर्नेमा जोड दिए । बिद्यालय ब्यबस्थापन समितिका जेष्ठ सदस्य घनश्याम घिमिरेको अध्यक्षतामा भएको भेलामा बिद्या ज्योति माध्यामिक विद्यालय कण्ठपुरका प्रधानाध्यापक भक्तिसागर रेग्मीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै अभिभाबक तथा समुदायको साथ र सहयोग भएमा अभिभाबकले चाहे अनुसारको गुणस्तरीय शिक्षा दिन बिद्यालय तयार भएको बताउनु भयो ।

बिगतमा के भए भएनन् भन्ने भन्दा पनि यसै शैक्षिक सत्रवाट शैक्षिक प्रगतिमा शतप्रतिशत सुधार र उपलब्धी ल्याउने प्र.अ. रेग्मीले ग्यारेन्टी गरे पछि अभिभाबकले सकारात्मका धारणा राख्दै बिद्या ज्योतिमा पढाउने सहमती जनाएका छन् । शैक्षिक सुधारका लागि बिद्यालयले प्रजातान्त्रिक निर्णय गर्ने र कार्यान्वयन निर्मम रुपमा गरिने प्रतिबद्धता जनाउदै ब्यबस्थापन र सुशासनको पाटोमा आफु केन्द्रित हुने प्र.अ. रेग्मीले प्रतिबद्धता गर्नु भयो ।

गुणस्तरी शिक्षाको लागि प्रत्येक शिक्षकको दैनिक पाठ योजना हुने, बालबालिकाको बौद्धिक क्षमता अनुसारको पठन पाठन गरिने, कमजोर बालबालिकाको पहिचान गरि अभिभाबकको परामर्शमा थप शिक्षण शिकाइको कक्षा सञ्चालन गरिने । साना बालबालिकाको स्वास्थ्य सरसफाइमा ध्यान पुर्याउने र बालमैत्रि वाताबरणमा शिक्षण शिकाइ प्रदान गर्ने । बालबालिकाको बारेमा अभिभाबक संग नियमित छलफल गर्ने, आवाश्यकता हेरी अभिभाबकको समन्वयमा कम भन्दा कम खर्चमा होस्टेल सञ्चालन गर्ने, प्यारेन्टीङ गर्ने, र १ देखि ५ सम्म अंग्रेजी माध्यम सहित अलगै भवन मा कक्षा सञ्चालन गर्ने रणनिति विद्यालयको छ ।

ब्यवस्थापनको लागि अलग संयोजक तोक्ने तथा ६ देखि ८ र ९ देखि १२ को अलग कलष्टर बनाई ब्यबस्थापनको लागि संयोजक तोकेर कक्षा सञ्चालन गर्ने लगाएतको रणनीति बनाएको बिद्यालयले जनाएको छ । २०३२ सालमा स्थापित बिद्या ज्योति माध्यामिक विद्यालय कण्ठपुर बर्दिया जिल्लाको एक नमुना बिद्यालय भएको र बिद्यालयमा प्रर्याप्त शिक्षक दरबन्दी, भौतिक संरचाना आवश्यक लाइबेरी लगाएतको सुबिधा हुदाहुदै पनि नजिकको बिद्यालय छोडेर टाढाको निजि बिद्यालयमा जानु भनेको बिद्यालय र अभिभाबक बिच समन्वय अभाब हो या बिद्यालय प्रति अबिश्वास हो भन्ने बारेको भ्रम अन्तरक्रियाले प्रष्ट पारेको अभिभाबकहरुले जनाएका छन् ।


बिद्यालय ब्यबस्थापन समितिका सदस्य, पुर्व बिद्यालय ब्यबस्थापन समितिका सदस्य, अभिभाबक, पूर्व बिद्यार्थी शिक्षक, बुद्धिजिवी लागएतको सहभागिता रहेको अन्तरकृया कार्यक्रममा बिद्यालयका प्र.अ. रेग्मीले गुणस्तरीय शिक्षाको बारेमा प्रतिबद्धता जनाए पछि उपस्थित अभिभाबक र बि.ब्य.स.का सदस्यले आफ्ना बाल बालबालिका लाई सामुदायिक बिद्यालयमा पढाउने प्रतिबद्धता समेत जनाएका छन् । बिडम्बना के छ भने अभिभाबक आफ्ना बालबालिकाको उज्वल भबिष्यको लागि भन्दै निजि बिद्यालयमा महंगो शुल्क तिरेर पढाउन बाद्य छन् ।


श्रोत र साधनले भरिपुर्ण भएका सामुदायिक बिद्यालयले आफ्ना बिद्यार्थी लाई टिकाउन नसक्दा बिद्यार्थी बिहिन बिद्यालय बन्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले सबै सामुदायिक बिद्यालयले युग सुहाउदो प्रबिधि मैत्रि पठन पाठनको ब्यबस्थाको लागि ठोस योजना र अभिभाबक संग नियमित सम्बाद र छलफलको वाताबरण बनाउनु जरुरी छ । जब सम्म समाजमा रहेका हरेक असल सस्कार र संस्कृतिको संरक्षण, बिकृतिको निर्मुलिकरण र युग सुहाउदो पाठशालाको रुपमा सामुदायिक बिद्यालय लाई रुपान्तरण गर्न सकिदैन तब सम्म यस्ता समस्या रहि रहने छन् ।

तपाइको मत