fbpx

अपांग व्यक्तिलाई घरदैलोमै पुगी सहायक सामाग्री वितरण

अपांग व्यक्तिलाई घरदैलोमै पुगी सहायक सामाग्री वितरण


भिमा कंडेल, बर्दिया । शारीरिक रुपमा अपांग भएका व्यक्तिलाई ठाकुरबाबा नगरपालिकाले घरमै पुगेर सहायक सामाग्री वितरण गरेको छ । बिहिबार नगरप्रमुख, उपप्रमुख लगायत जनप्रतिनीधिले घरदैलोमै पुगी सामाग्री वितरण गर्नु भएकोे छ ।

ठाकुरबाबा नगरपालिकामा रहेका विभिन्न वडामा बसोवासगर्दै आउनु भएका अपांगता भएका ब्यक्तीलाई १४ वटा ह्विल चियर वितरण गरिएको नगरपालिकाले जनाएको छ । अपांगहरुको जीवनमा सहजताका लागि उनीहरुकै माग बमोजिम तथा स्थानीय अपांग समन्वय समितिको निर्णय अनुसार १४ वटा ह्विल चियर, ८ वटा बैशाखी र २ वटा सेतो छडि जस्ता सहायक सामाग्री घरमै पुगी वितरण गरिएको नगरप्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।

लामो समय शारीरिक समस्याले हिडडुल गर्न असहज भएका व्यक्तिले हिडडुलका लागि आवश्यक सामाग्री प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन । नगरपालिकाले अपांग व्यक्तिको आवश्यकतालाई मध्यनगर गरि आवश्यक सामाग्री वितरण गर्दैआएको छ ।

तपाइको मत