ठाकुरबाबा नगरपालिकामा शैक्षिक घरदैलो भर्ना अभियान सुरु
- शुक्रबार बैशाख ८ , २०८०
भिमा कंडेल, बर्दिया । ठाकुरबाबा नगरपालिकामा विद्यार्थी भर्ना अभियान बिहिबारबाट सुरु भएको छ । “समयमै भर्ना समयमै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान” भन्ने नारा सहित विद्यार्थी भर्ना अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख तिलकराम लम्साल र नगर उपप्रमुख विना कुमारी भट्टराई बिहिबार वडा नम्बर १, ४ र ९ मा भर्ना अभियानमा सहभागि हुनु भएको थियो । यसैगरी ठाकुरबाबा नगरपालिकाको सम्पुर्ण वडामा रहेका बिद्यालयहरुमा सम्पुर्ण जनप्रतिनीधिहरु सहित शिक्षक विद्यार्थी, अभिभावक, समाजसेवी, बुद्धिजिवी लगायतको टोलीले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

पालिकाले शिक्षाबाट कोहिपनि व्यक्ति बञ्चित हुन नदिन गरिव विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । घरदैलो अभियानले कोहि पनि विद्यार्थी विद्यालय जानबाट वञ्चित नहुने अपेक्षा गरिएको छ ।