बालविवाह अन्त्यका लागि बढैयातालमा अन्तरक्रिया
- सोमबार बैशाख ४ , २०८०
दलबहादुर सुनार, बढैयाताल । बर्दियाको बढैयातालमा बाल बिवाह अन्त्यका लागि पालिका स्तरीय अन्तरकृया गरिएको छ । इसीप्याक्टको सहयोगमा संचालित संकल्प परियोजना अन्र्तगतको समिक्षा तथा बालबिवाह अन्त्यका लागि आवाज बर्दियाको आयोजनामा आईतवार कार्यक्रम गरिएको हो ।
सबैको ऐक्यवद्धता बालबिवाह बिरुद्ध साझा प्रतिबद्धता भन्ने मुल सन्देशका साथ बाल बिवाह अन्त्यका लागि सञ्चालित संकल्प परियोजनाको समिक्षा तथा आगामी कार्यदिशाको लागि आयोजित पालिका स्तरीय अन्तरक्रियामा परियोजनाका संयोजक चेतन गिरीले सहजिकरण गर्नु भएको छ । बढैयाताल गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बाल बिवाह मुक्त वडा बनाउनको लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै धर्म गुरु दिल बहादुर थारु, इसराज पठान, वडा न. २, ३ र ६ का निवर्तमान वडाध्यक्ष काजिमान सुनार र दुर्गा प्रसाद पराजुली र रामहर्ष थारुलाई कदरपत्र द्वारा सम्मान गरेको संस्थाले जनाएको छ ।
महिला बालबालिका शाखा बढैयातालले दिएको जानकारी अनुसार वडा नं २, ३ र ६ वडा बाल बिवाह मुक्त घोषणा भैसकको छ भने ७ न वडा घोषणको लागि अन्तिम चरणमा रहको छ । बढैयातालले सन २०२५ सम्ममा बाल बिवाह मुक्त पालिका घोषणा गर्ने लक्ष्य लिई रणनिति योजना बनाए पनि काम भने कछुवाको गतिमा भएको स्थानिय नागरिकको गुनासो छ । बाल बिवाह मुक्त भएका वडा र मुक्त नभएका वडामा औपचारीक रुपमा बाल बिवाह नभएता पनि छिटपुट रुपमा भने भागि बिवाह हुने गरेकाले पूर्ण रुपमा रोकिएको छैन ।
यस्ता बिवाहलाई रोक्न खोज्दा सामाजिक द्वन्द बढ्ने, बिरोधी हुनु पर्ने, शत्रुता तथा जोखिम बढेको तितो अनुभब सुनाउदै निवर्तमान वडा अध्यक्षहरुले भने जनप्रतिनिधी, प्रहरी, नागरिक समाज र सरोकारवाला सबैको साथ र सहयोग भएमा मुक्त वडा तथा पालिका बन्न सक्ने धारणा राखेका थिए । बाल बिवाह मुक्त वडा बनाउने सन्दर्भमा बढैयाताल वडा नम्बर ४ का वडाध्यक्ष नर बहादुर थापाले भन्नुभयो जस्तो सुकै अवस्था आएपनि आफ्नो कार्यकालमा बालबिवाह हुनेछैन र हुन दिने पनि छैन भन्दै अन्तरक्रिया कार्यक्रममा उद्घोष गरेका छन् । स्थानिय तहको दोश्रो निर्वाचनमा निर्वाचित वडा अध्यक्ष भएपछि आफ्नो वडामा ७ वटा बालबिवाह रोकेको बताउँदै कानुनमा टेकेर काम गर्न निकै जोखिम र निसाना बन्नु परेको बताए । जस्तो सुकै चुनौति आएपनि आफ्नो वडालाई आफ्नो कार्यकालमा बाल बिवाह सुन्य शहनशिलता बनाउने वडाध्यक्ष थापाले प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले आफ्नो धारणा राख्दै असम्भब भन्ने केही हुदैन । सबेको साथ र सहयोग भएमा बढैयाताल बालबिवाह मुक्त पालिका बन्नेमा कुनै संका नहुने भन्दै बाल बिवाह मुक्त पालिका घोषणाको लागि बजेटको ब्यबस्था हुने प्रमुख प्रशासकिय अधिकृत ऐडीले बताउनु भयो । महिला तथा बालबालिका शाखाकी प्रमुख सुजिता चौधरीले बढैयातालमा बालबिवाह मुक्त पालिका घोषणाको लागि रणनीति योजना बनेको छ तर बजेटको अभाबका कारण बाल अधिकार समितिको बैठक समेत बस्न नसकेको र बाल बिवाह बिरुद्धको अभियान सञ्चालन नभएको जनाउनु भयो ।
यसैगरी वडाध्यक्ष, निबर्तमान वडाध्यक्ष, शिक्षा शाखाकी श्रोत ब्यक्ति बिमला गुरुङ्ग, ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक बेद बहादुर भण्डारी लगाएतले पालिकालाई बाल बिवाह मुक्त पालिका बनाउने भए बजेट सहितको ठोस योजना बनाउनु पर्ने सुझाव दिनु भएको छ । जन प्रतिनिधि लगाएत सरोकार वालाहरु कानुन बमोजिम कार्वाहीको लागि पछि हट्न नहुनेमा जोड दिए । अन्तरकृया कार्यक्रममा बर्तमान तथा निबर्तमा वडाध्यक्ष, बिभिन्न शाखा प्रमुख नागरिक समाजका प्रतिनिधि, बालअधिकार समितिका सदस्य, संघसस्थाका प्रतिनिधी लगाएतको सहभागिता रहेको आवाज बर्दियाका संयोजक धर्मराज चौधरीले बताउनु भएको छ ।