बबई उपभोक्ता अन्तरगत चोरीशिकार नियन्त्रण उपसमिति गठन
- सोमबार बैशाख ४ , २०८०
भिमा कंडेल, बर्दिया । ठाकुरबाबा नगरपालिका ४ सैनवार बबई उपभोक्ता समिति अन्तरगत चोरी सिकार नियन्त्रण युवा परिचालन उप समिति गठन गरिएको छ । राजिव देवकोटा (जैशी) को अध्यक्षतामा १० सदस्यीय उपसिमिति गठन गरिएको हो ।
पुर्व सचिव समेत रहनु भएका जैशी निर्विरोध अध्यक्षमा चयन हुनु भएको निवर्तमान उपाध्यक्ष विश्वास शाहले जानकारी दिनभयो । त्यस्तै नवनिर्मित समितिको उपाध्यक्षमा सुजिता थारु, सचिव अन्जु थारु, सहसचिव अनिता थारु, कोषाध्यक्ष भिख्नी थारु चयन भएका छन् । सदस्यहरुमा रोशन थारु, सम्झना थारु, पदमराज भण्डारी, लाल बहादुर रत्गैया, ओम प्रकाश राजवशी चयन हुनु भएको छ । वन र वन्यजन्तु संरक्षणमा टेवा पुर्याउने उद्धेश्यले उपसमिति गठन गरिएको छ । वन्यजन्तुको चोरी सिकार तथा ओखेटोपहार ओसारपसारलाई कम गर्न यस उपसमितिले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय मानव र वन्यजन्तु सह–अस्तित्व एवम जैविक विविधता तथा प्रकृति संरक्षणमा युवा पुस्ताले समाजमा सचेतना फैलाइको पाइएको छ । उपसमिति गठन गरि युवाहरुले गाँउ समाजमा सचेतना फैलाउदा वन्यजन्तु चोरी सिकारमा कमी आएको छ । चोरी सिकार नियन्त्रण युवा परिचालन उपसमिति ठाकुरबाबा नगरपालिकाको बिभिन्न वडामा गठन गरिएको छ । समुहमा आवद्ध युवाहरुले बिहान दिउसो र राती नियमित गस्ती गरी वन्यजन्तुको चोरी सिकार रोक्न तथा वन र वातावरण संरक्षणमा सहयोग गर्दै आएको पाईएको छ ।