fbpx

गुलरिया र ठाकुरबाबाका शिक्षकहरुलाई ३ दिने तालिम

गुलरिया र ठाकुरबाबाका शिक्षकहरुलाई ३ दिने तालिम


चुरेकुञ्ज, गुलरिया । प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको साझेदारि तथा ठाकुरबाबा नगरपालीका र गुलरिया नगरपालीकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा ठाकुरबाबा नगरपालिकामा शिक्षकहरुका लागि तालिम शुरु गरिएको छ । शिक्षक निर्देशिका, पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका बिषयबस्तु संग मिल्ने र बालमैत्री पठन सामाग्री निर्माण, छापामय कक्षा कोठा व्यवस्थापन, लैगिंक मैत्री तथा बाल मैत्री शैक्षिक तथा प्रारम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निमाणार्थ तालिम शुरु गरिएको हो ।

आईतबार देखि मंगलबार सम्म ३ दिन संचालन हुने तालिममा परियोजना लागु भएका ठाकुरबाबा नगरपालीका तथा गुलरिया नगरपालीकाका बिभिन्न वडाका बाल बिकास केन्द्र देखि कक्षा ३ सम्मका कक्षा शिक्षकहरु सहभागी छन् । सामुदायिक बिधालयका १५ जना र गुलरिया नगरपालीकाका २२ जना कक्षा शिक्षकहरुको तालिममा सहभागीता छ । राष्ट्रिय सेतोगुरास का सहजकर्ता झल कार्कि र राधा मल्लले तालिममा सहजिरकण गर्नु भएको छ ।

तालीमको उदघाट्न शत्रमा बोल्दै सस्थाका सहसचिब बिष्णु अधिकारीले पुर्व कालमा शिक्षण सिकाई परम्परागत रुपमा परम्परागत पद्धति अनुसार शिक्षण सिकाई गर्ने गरेको बताउनु भएको छ । हाल बिद्यालय तहमा शैक्षिक सामाग्री, शिक्षण बिधि पाठ्यक्रम, सिकाई प्रकृया बाल केन्द्रित रहेको छ । बिद्यालय तहमा दिइने शैक्षिक गतिबिधिहरुलाई बालकेन्द्रित गर्न सके गुणस्तरीय शिक्षा दिन सकिने बताउदै अझ पनि बिद्यालय तहको शिक्षण गतिबिधि शिक्षक केन्द्रित हुदा सोचेजस्तो उपलब्धी हासिल हुन नसकेको प्रष्ट्याउनु भयो । बिद्यालय तहमा पनि घरपरिवारमा दिने बातावरण सृजना गर्न सके उनीहरुको ब्यबहार र धारणामा परिर्वतन हुने उहाँको विस्वास छ । तालिममा सिकेका कुरा कक्षाकोठामा प्रयोग गर्न सके बालमैत्री कक्षाकोठा बनाउन सकिने बताउदै तालिमले लिएको उदेश्य पुरा गर्न सकिने उहाँको भनाई छ ।

सहसचिब अधिकारीले पालिका भित्रका सबै बालबालीकाले शिक्षाको पहुँच पुयाउन र शैक्षिक गुणस्तर सुधारगर्न बिभिन्न योजना बनाई अगाडी बढीरहेको बताउनु भयो । बालमैत्री तथा लैगिक मैत्री बिद्यालय पुर्व कक्षाहरुलाइ नमुना बनाउने कार्यमा प्रयास भइरहेको बताउनु भयो । प्लान इन्टरनेशनल स्याक नेपाल बाँकेका सिकाइ परियोजना अधिकृतले बिद्यालयमा बालिकाहरुको सहभागीता, गुणस्तरिय शिक्षा प्रदान गर्न र अभिभावकको बिद्यालयमा सक्रिय सहभागीता हुन आबश्यक रहेको बताउनु भयो । यसको सुधारको मुख्य कडीको रुपमा शिक्षक नै महत्वपुर्ण पात्रका रुपमा रहने हुदा हाम्रो जिम्मेवारी, कुशलता बिद्यालयको कक्षाकोठामा अनिवार्य रुपमा देखाउदा नमुना बिद्यालय बन्न सक्ने धारणा उहाँको छ ।

शिक्षकको मर्यादित पेशालाई कायम राख्नुपर्ने बताउदै स्याक नेपाल बाँकेले बिगत लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा काम गदै आइरहेको प्रष्ट्याउनु भयो । प्लान इन्टरनेशनल नेपालको सााझेदारिमा गुलरिया नगरपालीकामा ७ र ठाकुरबाबा नगरपालीकामा १२ गरि जम्मा १९ वटा बिद्यालयमा सिकाइ परियोजना मार्फत बालीकाको बिद्यालयमा पहुच तथा बालबालीकाहरुको शैक्षिक गुणस्तिर बृद्धिका लागी परियोजना मार्फत बिभिन्न कृयाकलाप संचालन गरेको परियोजना परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी गरेका दिनु भएको छ ।

तपाइको मत