बर्दियाका पालिकाहरुमा ब्यक्तिगत घटना दर्ता सप्ताह मनाईदैं
- आइतबार बैशाख ३ , २०८०
विन्दु चौधरी, बाँसगढी । व्यक्तिगत घटना दर्तालाई थप प्रभावकारी बनाउने उद्देश्यले वैशाख १ देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताहका रूपमा मनाइँदै छ । जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँ–सराइजस्ता पाँचवटा महत्त्वपूर्ण व्यक्तिगत घटना दर्ता गर्न जागरण फैलाउन सरकारले यो अभियान सुरु गरेको हो ।
सोहि अनुसार बाँसगढी नगरपालिका वाड नं ५ वडा कार्यालयले व्यक्तिगत घटना दर्ता सप्ताह अभियानको प्रभातफेरी कार्यक्रम आयोजना गरी “व्यक्तिगत घटना दर्ता सप्ताह“ को प्रचार प्रसार गरेको छ । वडा अध्यक्ष दहवा थारुको अध्यक्षतामा भएको प्रभातफेरी तथा अभिमुखिकरण कार्यक्रममा बाँसगढी नगरपालिकाका स्थानिय पञ्जिकाधिकारी तथा सुचना अधिकारी क्षितिज पौडेलले व्यक्तिगत घटना दर्ताको परिचय, अवधारणा, महत्व र उद्देश्य, व्यक्तिगत घटना दर्ता प्रक्रिया र आवश्यक कागजपत्रहरु, घटना दर्ता गर्ने कर्तव्य भएको व्यक्तिको बारेमा जानकारी, सूचकले भर्नुपर्ने अनुसूचिका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बाँसगढी नगरपालिका वडा नं ५ का वडासदस्य, टोलविकास सस्था र बरघर सस्थाका पदाधिकारीहरुको सहभागिता थियो । कार्यक्रम समापनगर्दै वडाअध्यक्ष थारुले व्यक्तिको जन्म, मृत्यु, विवाह, वसाईसराई र सम्बन्धविच्छेद जस्ता घटनाहरुको अनिवार्य रुपमा दर्ता गरी व्यक्तिको घटनालाई कानूनी स्तर कायम गर्न आग्रह गर्नुभयो । उहाँले व्यक्तिको जीवनमा निरन्तर घटिरहने जन्म, मृत्यु, विवाह, बसाईसराई व्यक्तिगत घटनाहरु दर्ता गरी व्यक्तिको पहिचान तथा कानुनी अधिकार स्थापना गर्न प्रोत्साहित गर्न पनि कार्यक्रमको सहभागिहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रमको संचालन वडा सचिव टिकाराम ढकालले गर्नुभएको थियो ।