बर्दियामा कोभिड रोकथाम तथा नियन्त्रण आदेश जारी
- आइतबार बैशाख १२ , २०७८
चुरेकुञ्ज, बर्दिया । दोस्रो चरणको कोरोना भाईरस (कोभिड–१९) संक्रमण ब्यापक भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले कोभिड रोकथाम तथा नियन्त्रण आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको कोभिड–१९ संकट ब्यवस्थापन समितिको बैठकले निर्णयगर्दै त्यस्तो आदेश जारी गरेको हो ।

बैठकले आवागमन लगायत हिडडुल बन्द गरेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । छोटो दुरीका सार्वजनिक सवारी साधनमा रोक लगाईने छ । वैशाक १३ गते राती १२ बजेदेखि १९ गते राती १२ बजे सम्मका लागि आदेश पालना गर्नुपर्ने छ । लामोदुरीका सवारी साधन, एम्वुलेन्स, प्रेस, दुध लगायत कुटनितिक नियोगका सवारी साधनहरुमा कुनै रोकतोक छैन । संक्रमण फैलिएको क्षेत्रमा अत्यावस्यक सामाग्रीहरु खाद्यान्न, फलफूल, दुध, तरकारी, औषधी, मलखाद बाहेक अन्य बजारहरु ७ दिनको लागि बन्द गरिएको बताईएको छ ।


कोभिडको चेन ब्रेकगर्दै रोग रोकथाम र नियन्त्रणका लागि समितिको आदेश पूर्ण रुपमा पालना गर्न प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन् । अत्यावस्यक काम बाहेक घरवाहिर ननिस्कन आदेश दिईएको छ । अत्यावस्यक काममा घरबाहिर निस्कनु परे स्वास्थ्य मापदण्डको पालनागर्दै सामाजिक दुरी, सेनिटाईज विधि लगायत सावुन पानीले अनिवार्य हात धुनुपर्नेछ । आदेश उल्लंघन गरे कानून वमोजिम कारवाही हुने प्रजिअ सुनारको भनाई छ ।