fbpx

‘बजेट अनुसार काम गरेको छु’ : नगरप्रमुख मुक्तिनाथ यादव

‘बजेट अनुसार काम गरेको छु’ : नगरप्रमुख मुक्तिनाथ यादव


चुरेकुञ्जले ‘जनताको प्रश्न जनप्रतिनिधिको जवाफ’ अभियान शुरु गरेको छ । संघीय, प्रदेस तथा स्थानिय सरकारमा जनताको मत जितेर गएका प्रतिनिधिहरुले निर्वाचनमा गरेका बाचा, अहिले सम्म गरेका गतिविधि, बिकासको चुनौती एवम् आगामी कार्य योजना जनता सामु छर्लङग पार्ने सञ्चार कर्मको दायित्व सम्झेर सबै प्रतिनिधिलाई एकै प्रश्न मार्फत अभियानमा जोड्ने प्रयास गरेका छौं । प्रस्तुत छ, गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवसँग पत्रकार मुरली गोडीयाले गरेको कुराकानीको अंश :

तपाईले भोट माग्दा जनतासँग के के बाचाहरु गर्नुभएको थियो बताई दिनुस न ?

एमदम रा्रमो प्रश्न उठाउनु भयो । मैले गरेको पहिलो बाचा गुलरिया नगरपालिकाका गाँउलाई सदरमुकाम संग जोडन्े पिच बाटोहरु बनाउने, शिक्षा स्वास्थ्य र रोजगारीको सिर्जना गर्ने क्षेत्रमा काम गर्ने, रोजगारी दिन सक्ने त नगरपालिकाको हैसियत छैन तर मैले सहयोग गर्ने भनेको छु । तर शिक्षा स्वास्थ्य बाटो घाटो निर्माणका कार्यलाई विशेष पहल गर्छु । स्वास्थ्य संस्था वा स्कुल सम्म बाटो नभएको स्थानमा बाटो बनाउनु छ । वडा कार्यलयमा सहजरुपमा पुग्ने सक्ने बाटा बनाउने, लगभग ठाउँमा बनी सकेको छ । नभएको ठाउँमा कार्य हुँदैछ । साथै गुलरिया नगरपालिकालाई स्वच्छ सफा नगरीका रुपमा विकसित गर्ने तर्फ लागेको छु ।

तपाई विजयी भएर आइ सकेपछि के के कामहरु गर्नु भयो ?

म जितेर आएको भर्खर १० महिना जति भयो । तर म विगतको काम पनि यस्मा जोड्न चाहन्छु । किनकी विगतमा पनि मै मेयर भएर आएको थिए । पहिले पाँच वर्ष र अहिले पनि यहि छु तेइ भएर धेरै ठाउँका विद्यालयहरुमा भवन नहुँदा समास्या थियो मैले धेरै विद्यालयहरुमा नगरपालिकाको तर्फबाट भवन निर्माण गरेको छु । प्रत्येक वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्र गुलरिया नगरपालिकाका तर्फबाट निर्माण गरेको छु । नगरपालिकाका तर्फबाट धेरै ठाउँमा पक्की सडक र ग्राभेल सडकहरु बनेका छन । सुरक्षित आवासको कार्यहरु पनि थुप्रै भएको छ । धेरै कार्यहरु छन । अहिले भन्न सम्भव छैन अन्य समयमा तपाईको मिडिया मार्फत भन्ने नै छु ।

तपाईले विकासका कार्यहरु गरि रहँदा गुलरिया नगरपालिकामा कस्ता चुनौतीहरु आएका छन ?

थुप्रै चुनौतीहरु हुन्छन र मैले भोगेको पनि छु सडक विस्तारमा कसैको घर परेको हुन्छ जहाँ समस्या हुन्छ । गरिब मानिस मेहनेत गरेर घर बनाएको हुन्छ । उक्त संरचना फोर्नु पर्ने हुन्छ । गुलरिया नगरपालिका पुरानो नगरपालिका हो । पहिले के हिसावले धेरै घरहरु निर्माण गरिएका छन । गाँउका नागरिकहरु प्नि त्यसै अनुरुपमा जग्गामा घर बनाएका छन । तर अहिले सवैसंग समझदारी र सदभाव तरिकाले कामहरु अगाडी बढेका छन । मैले सम्पुर्ण नगरबासी र यहाँका राजनैतिक दल तथा राजतिज्ञ संग राम्रो सहयोग पाएको छु ।

जनताले चाहे जति तपाईले काम गरे जस्तो लाग्छ ?

गुलरिया २५ वर्ष पुरानो नगरपालिकाका हो । २० वर्ष पहिले नगरपालिकाको काम, अहिले ६ वर्षको काम र नगरपालिकाका बनोटलाई तुलना गर्नुस आकाश जमिनको फरक छ, काम धेरे भएको छ । उदाहरणको लागी काम मेयरले गर्दैन काम त नगरपालिकाको बजेटले गर्ने हो । बजेट अनुसार मैले नगरपालिका भित्र काम गरेकै छु ।

तपाईका अगामी बाचा प्रतिबद्धताहरु के के छन ?

म त कसैले झुटो बाचा र प्रतिबद्धता दिएर आएको होइन । झुटो बाचा र आश्वासन दिनु हुन्न । भोली पुरा पनि गर्नु पर्छ । मैले आफना बाचा र प्रतिबद्धता तपाईलाई भनि सकेको छु । बाटोघाटो, सुकुम्बासी समस्या सामाधान, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार गर्नेछु र गर्दैछु । सुकुम्बासी समस्या समाधान नगरपालिकाले मात्र गरेर हुँदैन गर्न सकिदैन । सवैको साथ सहयोग चाहिन्छ । केन्द्रबाट कुनै निर्णय भएको छैन । आउने वित्तिकै उक्त समस्या समाधान गर्न तर्फ लाग्नेछु । अन्त्यमा सम्पुर्ण गुलरिया नगरबासी आमा बुवा दाजुभाई, स्वदेश विदेशमा रहनु हुने सम्पुण नेपालीहरुमा नयाँ वर्षको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

तपाइको मत