विद्युतिय सुरक्षा दिवसमा राजापुरमा प्रभातफेरी सँगै सपथ
- आइतबार बैशाख ३ , २०८०
केशव कोइराला, बर्दिया । “विद्युतीय दुर्घटनाबाट बच्न सचेत रहौं, सम्बृद्धिको लागि विद्युतको सदुपयोग गरौ” भन्ने मुल नारका साथ विद्युत सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा नेपाल विद्युत प्राधिकरण राजापुर वितरण केन्द्रले प्रभातफेरी सँगै कर्मचारीहरुलाइ सपथ खुवाएको छ ।
सुरक्षा सामग्री साथमा आफ्नो सुरक्षा आफ्नो हातमा, नगरांै है चोरीका धन्दा परिएला कानुनको फन्दा, लगायत प्ले कार्ड बोकेर वितरण केन्द्र कार्यालयबाट सुरु गरीएको ¥यालीले बजारको विभिन्न भाग परिक्रमा गरि कार्यलयमा पुगेर कोणसभा गरेको छ ।
सुरक्षित भएर कार्य गरि विद्युतीय दुर्घटना हुन नदिने उद्देश्यका साथ दिवस मनाइएको राजापुर बितरण केन्द्र प्रमुख शुनिल पौडेलले बताउनुभयो । प्रमुख पौडेलले बिद्युत पोल चढ्नुपूर्व परिवारलाई सम्झन सुझाउदै कर्मचारीलाई सुरक्षाका निम्ती सपथ समेत खुवाउनु भयो ।