विपद ब्यवस्थापन समितिको अगुवाईमा आगलागी पूर्व अभ्यास
- आइतबार बैशाख ३ , २०८०
चुरेकुञ्ज, गुलरिया । मानविय त्रुटीकै कारण आगलागीका घटना हुने गरेको पूर्व तयारीकालागि आगलागी सम्बन्धी कृतिम घटना अभ्यासका क्रममा बताईएको छ । जिल्ला विपद ब्यवस्थापन समिति बर्दियाको आयोजना, गुलरिया नगरपालिका, बज्रदल गण नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल नेपाल र नेपाल रेडक्रस सोसाईटीको समन्वय तथा साझेदारीमा बर्दियाको गुलरिया स्थित तुलापुरमा कृतिम घटना अभ्यास गरिएको हो ।
अभ्यासका क्रममा कृतिम बस्तीमा आगलागीको अवस्था निर्माण गरी जिल्ला स्थित अग्नी नियन्त्रण दस्तासहितको सरोकारवालाहरुले अभ्यास गरेका हुन् । अभ्यासका क्रममा आगलागीका बेला सम्भावित निम्तिन सक्ने जोखिमहरुको मननगर्दै कृतिम बस्तीमा सल्कीएको आगो नियन्त्रणमा लिईएको छ । आगलागी पश्चात नियन्त्रणको भुमिकामा गरिने कृयाकलाप, अवस्थाहरु, परिस्थिती लगायत समस्याहरुको आँकलनमा अभ्यस्त बनाउन कृतिम घटना अभ्यास महत्वपूर्ण रहने बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । आगलागी पश्चात स्थानियले नियन्त्रणको प्रयास गर्दा आगो नियन्त्रण नभए आपतकालिन कक्षमा तत्काल जानकारी गराउनुपर्ने बताए ।
आगलागी भएको जानकारी पाए लगत्तै विपद ब्यवस्थापन समितिको अग्नी नियन्त्रक दस्ता सहितको संयन्त्र तयारी अवस्था रहेको उनले विस्वस्थ पारे । मानविय त्रुटिकै कारण आगलागीका घटना हुने भएकाले जोखिम न्युनिकरणमा सबै सरोकारवालाहरु सचेत हुनुपर्ने उनको भनाई छ । जोखिम न्युनिकरण तर्फ सबैले ध्यान दिए विपदका घटना नियन्त्रण हुनेमा विस्वास दिलाए । विपद ब्यवस्थापन समितिले आगलागी पूर्वको सम्पूर्ण तयारी साथ संयन्त्रलाई चनाखो राखेको छ । विपद तथा जोखिम न्युनिकरण गर्न सबै सरोकारवाला निकायले प्रजिअ रिसालले आग्रह गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले यस्ता कृतिम घटना अभ्यासले अग्नी नियन्त्रक संयन्त्रलाई सवल बनाउने विस्वास ब्यक्त गरेका छन् ।