राजापुरमा आगलागी, उद्धार प्रतिकार्य पुर्नताजगी अभ्यास
- आइतबार बैशाख ३ , २०८०
केशव कोइराला, बर्दिया । बर्दियाको राजापुरमा आगलागी तथा उद्धार प्रतिकार्य सम्बन्धि संयुक्त रुपमा काल्पनिक पुर्नताजगी अभ्यास सम्पन्न भएको छ । नगरपालिका वडा नं. ४ स्थित अमर शहिद बिद्यालयको मैदानमा काल्पनिक अभ्यास सम्पन्न गरिएको हो ।
यो समय हावाहुरी चल्ने समय भएकाले आगलागी भएको खण्डमा कसरी नियन्त्रण गर्ने, ग्यास सिलिन्डरमा आगलागी भए कसरी निभाउने घाइतेहरुको उद्वार र कहाँ सम्पर्क गर्ने लगायतका बिषयमा सहभागि माझ दृश्यावलोकन गराइएको छ । राजापुर नगरपालिकाको आयोजना, युएसएड तयार नेपालको आर्थिक तथा ज्क्ष्ँभ्क् सँस्थाको प्राविधिक सहयोगमा काल्पनिक अभ्यास गरिएको हो ।
नगरपालिकाले बिभिन्न क्षेत्रको सहयोगमा तालिम प्राप्त १५ जना अग्नी नियन्त्रक दस्ता समेत तयार पारेको छ । नगरपालिका क्षेत्र भित्र जुनसुकै ठाँउमा आगलागी भएपनी साधन श्रोतका साथ दस्ता तैनाथ गर्न सकिने गरि वकीटोकीको व्यवस्था मिलाइएको नगरपालिकाका उप प्रमुख मनकला कुमारी चौधरीले बताउनु भयो ।