fbpx

राजापुर नगरपालिकाले स्थानिय पाठ्यक्रम बनाउने

राजापुर नगरपालिकाले स्थानिय पाठ्यक्रम बनाउने


केशव कोईराला, बर्दिया । राजापुर नगरपालिकाले स्थानिय पाठ्यक्रम निर्माण गर्ने भएको छ । भौंरा राजापुर नामक पाठ्यक्रम निमार्णको मस्यौदा तयार गरेको छ ।

निर्मित पाठ्यक्रमको एक कार्यक्रमका बिच मस्यौदा सार्वजनिक गरिएको छ । कक्षा १ देखि ८ कक्षा सम्म पढाइ हुने पाठ्यक्रम आउदो शैक्षिक सत्र २०८० देखि लागु गरिने राजापुर नगरपालिकाका बिध्यालय निरिक्षक दल बहादुर चौधरीले जानकारी दिनुभयो ।

पाठ्यक्रममा राजापुरको परिचय,हाम्रा कला, सँस्कृति र सभ्यता,पेशा व्यवशायर प्रबिधि खुशीका लागी शिक्षा र जिवन उपयोगि सिप, हाम्रो वातावरण हरित बिध्यालय, सामाजिक चुनौति र बिपद व्यवस्थापन शिर्षक समावेश गरिएका छन् ।

तपाइको मत