बाढीले क्षतिग्रस्त मधुवनको झोलुङ्गे पुल मर्मत नहुँदा समस्या
- बुधबार चैत २९ , २०७९
हरि गुरुङ, मधुवन । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं–१ र २ जोड्ने बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीयलाई आवागमनमा समस्या भएको छ । तत्कालिन जिल्ला विकास समिति बर्दियाको करिब ९७ लाख रुपैयाँ लागतमा ०७५ सालमा निर्माण भएको पुल ०७९ साल असोज महिनामा आएको अविरल बर्षाका कारण क्षतिग्रस्त भएको थियो ।
झुलुङ्गे पुल क्षतिग्रस्त भएपछि खाता जैविक मार्गभित्र पर्ने गाउँबस्तीका स्थानीय बासिन्दाहरु जोखिम मोलेर जंगलको बाटो प्रयोग गर्न बाघ्य भएका छन । दैनिक आवातजावत गर्ने स्कुले विध्यार्थीहरु विद्यालय जान नदि वारपार गरेर जोखिम मोल्दै विद्यालय जाने गरेका छ्न । बाढीले क्षतिग्रस्त भएको झोलुङ्गे पुल मर्मत हुने भएको छ । क्षतिग्रस्त पुल मर्मत गर्नका लागि लुम्बिनी प्रदेश संसद जन्मजय तिमिल्सिनाले पहल गरेको बताउनु भएको छ । चुनावका बेला मैले बोलेको थिए मधुवन नगरपालिका वडा नं– १ र २ जोड्ने क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गर्छु । त्यसैले पुल मर्मत मेरो पहिलो प्राथमिकता हो । त्यही अनुरुप मैले धेरै पापड बेल्नु पर्यो उहाँले भन्नुभयो आज मेरो वाचा जनता सामु पूरा हुदैछ ।
विभिन्न जिम्मेवार मन्त्रालयसङ्ग समन्वय गरि तत्कालका लागि क्षतिग्रस्त झुलुङ्गे पुललाई संरक्षणका लागि भएपनी बजेट जसरी पनि निकासा गर्छु र त्यसका लागि म लागि परेको छु । जनतासङ्ग मेरो प्रत्क्षय विकासका लागि चासो रहने छ । मेरो ब्यक्तिगत र पारिवारिक स्वार्थ भन्दा माथी उठेर समाजका लागि काम गर्ने छु । स्थानिय जनताहरुलाई एक महिना भित्र सुरक्षित साथ आवातजावत गर्ने बातावरण बनाउने चाहाना रहेकाले जसरी पनि बाचा पूरागर्ने उहाँको प्रतिबद्धता छ । पुल हाम्रो सम्पत्ति हो र यस्को संरक्षण गर्नु पनि हामी सबैको दायित्व हो संसद तिमिल्सिनाले भन्नु भयो । मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले क्षतिग्रस्त झुलुङ्गे पुल मर्मत कार्य शुरु हुने बताउनु भयो । क्षातिग्रस्त पुल मर्मत गर्न स्थानीय सरकारसङ्ग अर्थ अभाव भएकाले प्रदेश सरकार तथा संघीय सरकारसङ्ग बारम्बार ताकेता गरिरहेका छौ । उहाँले भन्नुभयो बजेट आउने आश्वासन छ तर पनि हामीले पुग्दो बजेट माग गरेका छौं । क्षतिग्रस्त झुलुङ्गे पुल र तटबन्ध मर्मत अवस्य हुने छ । यहाँका स्थानीयलाई आवातजावत गर्न सहज हुने नगर प्रमुख भाटले बताउनु भयो ।
मधुवन नगरपालिका वडा नम्बर एक सुर्यपटुवा, बर्दियाका वडा अध्यक्ष मीन बहादुर थापाले क्षतिग्रस्त झुलुङ्गे पुलले गर्दा धेरै समस्यामा पारेको बताउनु भयो । नदिले पनि समस्यामा पारेको छ । चालू आर्थिक बर्ष सकिनु भन्दा पहिले नै आवातजावत गर्न मिल्ने गरि काम गर्ने योजनाका साथ पुल निर्माण तथा मर्मत समिति गठन भैसकेको उहाले जानकारि दिनुभयो । सडक पुर्वाधार विकास कार्यालय बर्दियासङ्ग करिब ३६ लाख रुपैयाँ बराबरको सम्झौता भैसकेको छ साथै सडक पुर्वाधार विकास कार्यालय बर्दियासङ्ग समन्वय गरि क्षतीग्रस्त झुलुङ्गे मर्मत शुरु हुने अध्यक्ष थापाले बताउनु भएको छ ।
सडक पुर्वाधार विकास कार्यालय बर्दियाका कार्यालय प्रमुख गोविन्द महतरा क्षतिग्रस्त झुलुङ्गे मर्मत गर्न लागत तयार भै ३६ लाख बराबरको रकम उपभोक्ता समितिसङ्ग हामीले सम्झौता गरिसकेका छौ । चालू आर्थिक बर्ष ०७९÷८० को आषाढ भन्दा पहिले नै सम्पन्न गर्ने लक्ष्यसाथ अगाडि बढेका छौ । सामाजिक हिसाबले एकदमै महत्त्वपूर्ण हो । हामीले गर्नु पर्ने काम धेरै ठाउँमा भएता पनि मधुवन नगरपालिका वडा नं–१ र २ जोड्ने क्षतिग्रस्त झुलुङ्गे पुललाई प्राथमिकतामा राखेर काम गर्ने छौ । कार्यालय प्रमुख महतराले बताउनु भयो ।