fbpx

महिला हिंसा बिरुद्ध सचेत पार्न महिला अगुवासँग पैरवी

महिला हिंसा बिरुद्ध सचेत पार्न महिला अगुवासँग पैरवी


मुरली गोडिया, गुलरिया । शान्ति पुर्नस्थापनक गृह गुलरियाले मावन बेचविखन र महिला हिंसाको अवस्था बारे सचेत पार्न महिलाहरु संग छलफल चलाएको छ । मानव चेविखन रोकथाम तथा महिला हिंसा नियन्त्रण गर्न सिमामा कर्मचारी खटाई कार्यगर्दै आएको गृहले बुधबाबर एक अन्र्तक्रियाको अयोजना गरि संस्थाको सम्पुर्ण गतिविधि बारेमा जानकारी गराएको छ ।

समाजमा अझै पनि महिला हिंसाका थुपै्र घटनाहरु खुलेर आउन नसकेकोले संस्थागत समन्वयको आवश्यकता रहेको गृहकी प्रमुख सपाना शर्माले बताउनु भयो । ग्रामिण भेगका महिलाहरुमा महिला हिंसा लगायत विषयमा जानकारी गराउन संस्थाले सोही स्थानमा कार्यक्रम संचालन गर्न तयार रहेको शर्माको भनाई छ । कुनै एक संस्थाले मात्र नभई गाँउका महिला, समुदाय, प्रहरी, संघसंस्था संचारकर्मी लगायत सवैको सहभागीतामा जनचेतना मुलक कार्यक्रम गर्न आफु तयार रहेको उहाँको भनाई छ । गृहले बर्दिया जिल्लाको ४ वटा नाका गुलरियाको गणेशपुर, कण्ठपुर, सुरजपुर, मधुवनको धनौरामा सुचना केन्द्र तथा परामर्श केन्द्र खोली महिला हिंसा नियन्त्रण तथा मानवबेचविखन रोकथामका लागी कार्य गर्दै आइरहेको छ ।

बुधबार भएको अन्तक्रिया कार्यक्रममा सहकारीमा आवद्ध महिला, प्रहरी, विभिन्न क्षेत्रमा कार्यगर्दै आइरहेका महिलाहरुलाई भेला गराई मानव बेचविखनको अवस्था तथा समाजमा महिला हिंसा अन्त्यका लागी गर्नुपर्ने पहल बारे सल्लाह समेत संकलन गरिएको छ । नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले हिंसा नियन्त्रण गर्न महिलाहरुको अगुवाईमा कार्यक्रमहरु गर्नुपर्ने बताउनु भयो । संचारकर्मीलाई प्राप्त सुचनाको समग्र जानकारी लिई संचारकर्मीहरुले घटना बारे लेख्दै आएको बताउनु भयो । पछिल्लो समय समाजमा महिलाहरुले हिंसा विरुद्ध आवाज उठाउन शुरु गरेको बताउनु भयो । हिंसा भए प्रहरीलाई खवर गरि न्याय पाइन्छ भन्ने महिलाहरुले प्रहरी समक्ष दैनिक निवेदन दिन आउने गरेको उहाँको बुझाई छ ।

महिला हिंसा नियन्त्रण गर्न महिलाहरु सजक भएका छन तर कस्तो किसिमको उजुरी कहाँ गर्ने वा कस्ले हेर्ने विषयमा जनचेतना जगाउन आवश्यक रहेको प्रहरीको भनाई छ । गृहले सिमानाकामा खटाएको कर्मचारीले सिमा पार गर्न लागेका मानिस संग सोधपुछ गर्ने र शंकास्पद व्यक्तिलाई संस्थामा ल्याई परामर्शका माध्यमबाट वा प्रहरी समक्ष बुझाएर समस्या समाधान गर्ने गरेको शान्ति पुर्नस्थापना गृहले सिमा क्षेत्रका बाँके, बर्दिया कैलाली, दांग लगायत सिमावर्ति क्षेत्रका जिल्लाहरुमा काम गर्दै आइरहेको छ । मानव बेचविखनका घटनामा फसेकाहरुको मुद्धामा लाग्ने सम्पुर्ण खर्च, बासको व्यवस्था तथा परामर्श समेत गृहले गर्छ । उक्त कार्यक्रम शान्तिपुर्नस्थापना गृहको आयोजना, जिल्ला प्रहरी कार्यलय र गुलरिया नगरपालिकाको समन्वयमा भएको हो ।

तपाइको मत