fbpx

अपाङ्गता भएका ब्यक्तिहरुलाई सुपानेट झुल वितरण

अपाङ्गता भएका ब्यक्तिहरुलाई सुपानेट झुल वितरण


हरि गुरुङ, मधुवन । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्वर १ सूर्यपटुवाले अपाङ्गता भएका ब्यक्तिहरुलाई ४२ थान सुपानेट झुल बुधबार एक कार्यक्रमका विच वितरण गरेको छ । चालू आर्थिक वर्ष ०७९/८० मा लक्षित वर्ग अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको हित कार्यक्रमका लागि बजेट छुट्याएको थियो ।

मधुवन नगरपालिका वडा नं. १ सूर्यपटुवामा रहेका विभिन्न प्रकारका शारिरिक अशक्तता भएका व्यक्तिहरुलाई सुपानेट झुल वितरण गरिएको हो । झुल वितरण कार्यक्रमका प्रमुख अतिथि वडा नं–१ का वडा अध्यक्ष मीन बहादुर थापा रह्नु भएको थियो । अतिथि मा मधुवन नगरपालिकाका कार्यपालिका सदस्य माया परियार, समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

झुल वितरण समितिका संयोजक होम बहादुर चौधरीको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रम संचालन टेकराज तिमिल्सेनाले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि मधुवन नगरपालिका वडा नं–१ का वडा अध्यक्षले वडाभित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुको हकहितमा कार्य गर्ने र केहि दिनभित्र व्विल चियर समेत वितरण गर्ने बताउनु भएको छ ।

तपाइको मत