fbpx

राजापुरका छाडा गाईगोरु नयाँ गौशालामा सारियो

राजापुरका छाडा गाईगोरु नयाँ गौशालामा सारियो


पुरुषोत्तम खनाल, बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले छाडा गाई गोरुलाई गौशालामा पु¥याएको छ । लामो समयदेखि राजापुर नगरपालिका र वजार क्षेत्रमा रहेका छाडा गाई गोरुको व्यवस्थापनका लागि नगरपालिकाले १५ लाखको लागतमा वडा नं. १० मझरामा नवर्निमित गौशालामा गाई लगिएको हो ।

नगरपालिकाबाट गाईगोरु लैजाने क्रममा किसानले दुध दिदासम्म र जोत्न सक्दासम्म पाल्ले बुढोभएपछि बारमा ल्याएर छाड्ने गर्दा वरपरका किसानले लगाउने हरेक वाली नालीमा नोक्सानी पुग्ने, सडक दुर्घटनाको जोखिम बढ्ने सम्भावना रहेकाले छाडा गाईगोरुको व्यवस्थापनका लागि लगिएको वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेलले वताउनु भयो । राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले गौशालाको अनुगमन गर्दै नगरपालिकाले विशेष लगानीमा गौशाला बनाईएको बताउनु भएको छ ।

नगरपालिका लगायत वजार क्षेत्रमा छाडा गाई गोरुको समस्या कम हुदै जाने उहाँको विस्वास छ । कसैले गाई छोड्न चाहेमा शुल्क लिएर छाड्न पाउने, गौशालालाई समिति बनाएर व्यवस्थित गर्ने वताउनु भयो । पुरानो गौशालाबाट करिब २ सय गाई नयाँ गौशालामा लगिएको छ । नगरको १५ लाख ४२ हजार लागतमा गौशाला निर्माण सम्पन्न भएको छ । राजापुरका समाजसेवी सूर्यप्रसाद उपाध्यायले गाईगोरुलाई पानी खुवाउन ४५ हजारको मोटर खरिद गर्न सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

तपाइको मत