नेपाल लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
- आइतबार चैत २६ , २०७९
केशव कोईराला, बर्दिया । नेपाल लघुवित्त बैंकर्स संघ आयोजना तथा लघुवित्त मिलन केन्द्र भुरीगाँउ, बर्दियाको सह–आयोजानमा लुम्बिनी प्रदेश अन्र्तगत बर्दियाको भुरीगाँउमा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न भएको छ ।
बर्दिया जिल्लाको ठाकुरबाबा नपा, मधुवन नपा, बारबर्दिया नपा कार्यक्षेत्र भएका लघुवित्तहरुको करिब ५०० जना लघुवित्तका सेवाग्राही सदस्यहरुको सहभागीतामा वित्तीय साक्षरता तथा जनचेतनामूलक ¥याली भुरीगाँउ चोकबाट सुरु भई भुरीगाँउ बजार परिक्रमा गरि स्थानिय रोयल एडभेन्चर होटलमा जम्मा भई औपचारी कार्यक्रमका विच समापन भएको थियो ।
नेपाल लघुवित्त बैंकर्स संघका कोषध्यक्ष एवम उन्नती सहकार्य लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री प्रेम बहादुर पाठकको अध्यक्षता सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि मनुसा टिका सिंह थापा बहुमुखी क्याम्पस, भुरीगाँउ, बर्दियाका क्याम्पस प्रमुख युवराज अधिकारी, विशिष्ठ अतिथि ग्रामिण लघुवित्त वित्तीय संस्थाका प्र.का.अ. श्याम कुमार कटुवाल, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका प्र.का.अ. देव सिंह विष्ट, इलाका प्रहरी कार्यलय भुरीगाँउ बर्दियाको प्रहरी निरिक्षक पवन पछाई, बिभिन्न बैकका शाखा प्रमुखहरु, बिभिन्न सहकारी संस्थाका प्रतिनिधी लगाएत बिभिन्न २५ वटा लघुवित्त वित्तीय संस्थाका प्रदेश प्रमुख, इलाका÷अनुगमन प्रमुख, शाखा प्रमुख र कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन लघुवित्त मिलन केन्द्रका उपाध्यक्ष एवम सुर्योदय वोमि लघुवित्तका शाखा प्रमुख श्री दिपक महराले गर्नु भएको थियो भने कार्यक्रममा लघुवित्त मिलन केन्द्रका अध्यक्ष एवम अभियान लघुवित्तका शाखा प्रमुख श्री दिपक बहादुर बोहराले लघुवित्त मिलन केन्द्रका तर्फ बाट मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सम्बोधन गर्नुहुदै प्रमुख अतिथी अधिकारीले लघुवित्त बैकर संघले वित्तीय साक्षरता कार्याक्रम आयोजना गरेकोमा धन्यवाद दिनु हुदै ग्रामिण क्षेत्रको सदस्यहरुलाई बेलाबेलामा अभिमुखीकरण कार्यक्रम गर्नु पर्ने बताउनु भयो । साथै सदस्यहरुले पनि कर्जा सदुपयोग गरि आम्दानी बृद्धि गर्ने तर्फ अग्रसर हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा ग्रामिण बिकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले लघुवित्तको बर्तमान अवस्था, बचतको महत्व, कुल कर्जा लगानी, कुल बचत, कुल कर्मचारी संख्या, महिला उद्यमशीलतामा लघुवित्तले गरेका महत्वपूर्ण कामहरुको बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रमको समापनमा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका कोषध्यक्ष एवम उन्नती सहकार्य लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले लघुवित्तले १५ प्रतिशत भन्दा धेरै ब्याज र १.५ सेवा शुल्क भन्दा धेरै शुल्क नलिएको भन्दैे अनावश्यक भ्रम फैलाईएकोले भ्रमहरुको पछि नलाग्न अनुरोध गर्नु भयो । सेवाग्राही सदस्यहरुलाई वास्तविक समस्या भए संस्थालाई बताउन उहाँको सुझाव छ ।