fbpx

सिटिजन्स वैंकका सीईयो गणेशराज पोखरेललाई पितृशोक

सिटिजन्स वैंकका सीईयो गणेशराज पोखरेललाई पितृशोक


चुरेकुञ्ज, गुलरिया । सिटिजन्स बैंक इन्टरनेशनलका सीईयो गणेशराज पोखरेललाई पितृशोक परेको छ । ८७ बर्षिय पिता खेटराज उपाध्यायको शनिवार बेलुकी उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा निधन भएको छ ।

बगलामुखी मन्दिर ब्यवस्थापन समिति बर्दिया गुलरियामा ४ दशक भन्दा बढी अध्यक्ष पदमा रहनु भएका उपाध्यायको निधनले स्थानिय लगायत टोलवासीहरु स्तब्ध र मर्माहत भएका छन् । बगलामुखी मंदिर पुर्ननिर्माण, जग्गा प्राप्ती, मन्दिर ब्यवस्थापन लगायत प्रबद्र्धनका क्षेत्रमा उपाध्यायको अतुलनिय योगदान छ । उहाँको निधनले धार्मिक प्रर्बद्धनात्मक क्षेत्रमा अपुरणीय क्षती भएको छ ।

स्वर्गिय उपाध्यायको शव राती नै घरमा पुर्याईएको र आईतबार बिहान स्थानिय बबई (सरजु भादाघाटमा) अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । उपाध्यायका गणेश, सुनिल, प्रमोद तिन छोरा बुहारी र सुधा, शान्ता दुई छोरी छन् । साढे ३ बर्ष अघि उपाध्यायकी श्रीमती दुर्गादेवी उपाध्यायको निधन भएको थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका पूर्व कार्यसमितिका पदाधिकारी गणेश राज पोखरेल तथा महासंघका साधारण सदस्य सुनिल राज पोखरेललाई पर्न गएको पितृशोकको घडीमा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले गहिरो दुःख ब्यक्तगर्दै समवेदना ब्यक्त गर्नु भएको छ । स्वर्गिय वुवाप्रति श्रद्धाञ्जली ब्यक्तगर्दै अध्यक्ष आचार्यले परिवारमा धैर्यधारणको कामना गर्नु भएको छ । उपाध्यायको निधन प्रति चुरेकुञ्ज साप्ताहिकका सम्पादक कृष्णप्रसाद बस्याल (राकेश) ले गहिरो शोक तथा समबेदना ब्यक्तगर्दै शोकसन्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्नु भएको छ ।

तपाइको मत