राजापुर नगरपालिकाद्वारा स्थायी शिक्षक हरुलाई पदस्थापना
- शनिबार चैत २५ , २०७९
पुरुषोत्तम खनाल, बर्दिया । बर्दियाको राजापुर नगरपालिकाद्वारा शिक्षकहरुलाई पदस्थापन गरेको छ । नगरले शिक्षक सेवा आयोगको परीक्षा उत्तीण गरी स्थायी हुनु भएका प्राथमिक तह तृतीय श्रेणीका शिक्षकहरुलाई विद्यालयमा रहेका रिक्त दरबन्दीमा पदस्थापन गरेको हो ।
राजापुर नगरपालिकामा आउनु भएका सबै शिक्षकहरुलाई बधाई तथा शुभकामना दिदै नगरपालिकाको सामाजिक विकास शाखा संयोजक एवम् वडा नं. ५ का वडाध्यक्ष रमेश चौधरीले सामुदायिक विद्यालयमा गुणस्तर बृद्धि गर्न नयाँ स्थायी शिक्षकहरुको महत्वर्पूण भूमिका रहनेभन्दै आफुसँग भएको शिक्षण सिकाइका सबै तरिका प्रयोग हुनेमा विश्वस्त रहेको वताउनु भयो । राजापुर नगरपालिका शिक्षा शाखा प्रमुख दल बहादुर चौधरीले प्राथमिक तह एउटा आधारतह भएको प्रष्ट्याउनु भयो ।
प्राथमिक तहमा नियुक्त शिक्षक बालबालिकाले विद्यालयमा भेट्ने पहिलो गुरु भएकाले अति नै भाग्यमानी भएको वताउनु भयो । नगरपालिका र शिक्षा शाखाबाट शिक्षकहरुलाई पेशागत दक्षता वृद्धिका लागि सहयोग गर्ने भन्दै कार्य क्षेत्रमा उच्च मनोवलका साथ काम गर्न आग्रह गर्नु भएको छ । नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा शिक्षा समितिको बैठक बसी पालिकामा नवनियुक्त १५ जना प्राथमिक तहका स्थायी शिक्षकलाई पदस्थापन गरिएको हो ।