fbpx

बबई नदीमा मृत भेटिएकी महिलाको पहिचान खोजिँदै

बबई नदीमा मृत भेटिएकी महिलाको पहिचान खोजिँदै

यादव आचार्य, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ४ स्थित बबई (भादा) नदीको जब्दीघाटमा पहिचान नखुलेको महिलाको शव फेला परेको छ । मंगलबार विहान भेटिएको शवको पहिचान नभएपछि प्रहरीले हुलिया परिपत्र गरेको छ ।

गुलावी रंगको फुलबाहुला भएको कुर्ता सुरुवाल लगाएको उचाई ५ फिट, उमेर अंदाजी ३०÷३५ बर्षकी पहिचान नखुलेको सडेगलेको अवस्थामा अधवैंशे महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हिक्मत बहादुर बोहोराले बताए । पहिचानका लागि हामीले हुलिया सर्वत्र हुलिया परिपत्र गरेका छौं । शव लामो समयदेखि पानीमै रहेको प्रारम्भिक अनुमान छ ।

महिलाको घाँटीमा गुलावी रंगको डोपट्टा, पहेलो धातुको जस्तो सिक्री, दुवै कानमा पहेलो रंगको रिंग र रातो रंगको टप, बाँया हातमा रातो रंगको २ वटा चुरा, चोर औंलामा रातो रंगको औंठी लगाएको दाँया खुट्टाको गोली गाँठो निर कालो धागो बाँधेको रातो रंगको प्लाष्टिकको काँटाले कपाल बाँधेको सडीगली अनुहार नचिनिने अवस्थामा मृतक महिलाको शव रहेको उनले जानकारी दिए ।

साभार : अन्नपूर्ण पोस्ट् दैनिक ।

तपाइको मत