माइती नेपालको वार्षिक उत्सव, ३९१ जनाको उद्धार (भिडियो)
- शनिबार चैत २५ , २०७९
मुरली गोडिया, गुलरिया । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा कार्यगर्दै आइरहेको माइती नेपालले आफनो ३१ औं वार्षिक उत्सव मनाएको छ । चेलिबेटी तथा मानव बेचविखन रोकथाम सम्बन्धि सेचतना, उद्धार, परामर्श लगायतको कार्य गरि रहेको माइती नेपालले विहिबार गुलरियामा सचेतना मुलक रÞ्याली निकालेको छ ।
हाम्रो आवाज चेलिबेटी बेचविखनबाट मुक्त समाज भन्ने मुल नारा सहित माइती नेपाल बर्दियाले जिप्रका चोक देखी सिमावर्ति सुरजपुर प्रहरी चौकी सम्म रयाली कार्यक्रम गरेको हो । रÞ्याली पछिको सभामा बोल्दै माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले नेपालमा मानव बेचविखनको अवस्था डरलाग्दो रहेको बताउनु भयो । सचेतना कार्यक्रमहरु बृद्धि गरेको भएपनि रोक्नलाई चुनौती देखिएको उहाँको भनाई छ । बर्दिया जिल्ला पनि मानवबेचविखनको दृष्टिकोणले संवेदनशिल जिल्लाको रुपमा मानिएको छ । गत वर्षको चैत्र देखी चालु आ.व. को चैत्र मसान्त सम्ममा बर्दिया जिल्लाको विभिन्न सिमानाका बाट ३ सय ९१ जनालाई उद्धार गरिएको रिमालले जानकारी दिनु भयो ।
माइती नेपाल बर्दियाका अनुसार मानव बेचविखन सम्बन्धि १, जबरजस्ति करणी ३० ओटा मुद्धा आएको छ भने खोजतलासका निम्ती १ सय ३ र घरेलु हिंसाका घटनामा १ सय ९० जना परेको संयोजक रिमालले जानकारी दिनु भयो । माइती नेपालको ३१ औं वार्षिक उत्सवमा गरिएको र्याली कार्यक्रम बोल्दै महिला नेत्री कमला घिमिरेले मानव बेचविखन रोकथामका लागी एक दिन मात्र नभई हरेक दिन सबै जना लाग्नु पर्ने बताउनु भयो । कुनै दिवस विशेषमात्र नभई, हरेक समुदाय, विद्यालय प्रहरी जनप्रतिनिधी लगायत सबै क्षेत्रबाट जघन्य अपराध नियन्त्रणका प्रयास गर्नुपर्ने उहाँको जोड थियो । रÞ्याली कार्यक्रममा माइती नेपालमा आवद्ध व्यक्ति, सुरक्षाकर्मि, जनप्रतिनिधी, समाजसेवी, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।