fbpx

लघुवित्त संस्थाविरुद्ध संघर्ष समितीद्वारा बर्दियामा बिरोध प्रर्दशन

लघुवित्त संस्थाविरुद्ध संघर्ष समितीद्वारा बर्दियामा बिरोध प्रर्दशन


केशव कोइराला, बर्दिया । लघुवित्त संस्था विरुद्ध संघर्ष समितिले आज बर्दियाको राजापुरमा विरोध प्रदर्शन तथा धर्ना कार्यक्रमको आयोजना गरेको छ् । प्रदर्शनकारीले लघु वित्तीय संस्थाहरुको खारेजी गरिनुपर्ने माग गरेका छन् ।

संर्घष समितिले लघुवित्त संस्था खारेज गर्नुपर्ने, लघु वित्त संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्नुपर्ने आफूहरूको माग रहेको जनाएको छ । समितीका मधुवन नगर अध्यक्ष रितु टमट्टाले आफुहरुलाइ बिभिन्न प्रलोभन देखाएर सदस्य बनाएको अहिले आएर सामुहिक व्याज तिर्न बाध्य बनाएको भन्दै आफुहरुमाथी ठूलो ज्यादति भएको बताउनु भयो ।

आफुहरुको आन्दोलन शान्तीपूर्ण भएको र आफुहरुको मागलाई सम्वोधन नगरे ७७ वटै जिल्लाबाट एक साथ अनसन सुरु गरिने चेतावनी दिनुभयो । लघुबित्त बित्तीय सँस्थाहरुले संस्थाको सदस्य बनाउने आवश्यक परेको बेला ऋण लिदा अनेकन बहानामा पैसा कटौति गर्नुका साथै बाध्यकारी ढंगले बिमा गराउने गरेको समेत समितीका राजापुर नगर अध्यक्ष मिना आचार्यको आरोप छ । संघर्ष समितिले चैतको दोश्रो सातावाट नियमित जिल्ला प्रशासन कार्यलय गुलरियामा धर्ना दिइरहेको छ ।

तपाइको मत