fbpx

सूचनामा महिलाको पहुँच बढाउन गुलरियामा अन्तरक्रिया

सूचनामा महिलाको पहुँच बढाउन गुलरियामा अन्तरक्रिया


विन्दु चौधरी, बाँसगढी । गुलरिया नगरपालिकामा सुचनामा महिलाको पहँुच कसरी बढाउने भन्ने सन्दर्भमा अन्र्तक्रिया गरिएको छ । गुलरिया नगरपालिकाको आयोजना तथा संचारिका समुहको समन्वयमा कार्यक्रम सम्पन्न भएको छ ।

अन्र्तक्रियामा गुलरिया नगरपालिकाभित्रका सुचनाबाट बन्चित महिला, महिला जनप्रतिनिधि तथा विभिन्न संघसस्थाका महिला प्रतिनिधिहरु सहभागिता थिए । अभिमुखिकरणमा संचारिका समुह बर्दियाका अध्यक्ष तथा रेडियो गुर्वावा एफएमका स्टेशन म्यानेजर पुष्पा चौधरीले सूचनाका बारेमा सहजीकरणगर्दै महत्व, सुचनाको हकको इतिहास, सूचना माग्ने विधि लगायतका विषयमा बताउनु भएको छ । कार्यक्रममा गुलरिया नगरपालिकाका सुचना प्रविधि शाखाका प्रमुख अजय ठाकुरले पालिकाबाट दिईने सुचना कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।

गुलरिया नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले नेपालको संविधानमा सुचनाको हकलाई मौलिक हकको रुपमा राखिएका कुराहरु र नगरपालिकाबाट महिलाहरुलाई दिईरहेका कार्यक्रम तथा आगामी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । त्यसैगरी गुलरिया नगरपालिकाका नगर उपप्रमुख तथा न्यायिक समितीका संयोजक सावित्रा गौतमले महिला र न्यायीक समितिले गर्ने कामका बारेमा सहजीकरण गर्नुभएको थियो । सूचनाको हक सामाजिक जवाफदेहीताको वलीयो आधार भएकाले यसको कार्यान्वयन आवश्यक भएको उहाँले वताउनुभयो ।

नागरीकको मौलीक हकका रुपमा रहेको सूचनाको हकका विषयमा धेरै जसो अनविज्ञ भएको कारण सार्वजनिक निकायलाई जवाफदेही र पारदर्शी समेत वनाउन नसकेको भन्दै सुचना माग्ने र दिने पक्ष जुझारु हुनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत ओमकार शाहले सुचनाको हक सवैले जान्नु पर्ने विषय भएको भन्दै सिकेका कुरा व्यवहारमा उतार्न समेत अनुरोध गर्नुभयो । कार्यक्रमको सञ्चालन संचारिका समुह बर्दियाका कोषाअध्यक्ष मेनका चौधरीले गर्नुभएको थियो, भने स्वागत समुहका सदस्य शिवा शर्माले गर्नुभएको थियो ।

तपाइको मत