fbpx

राजापुरका किसानलाई उन्नत जातको धानको विउ

राजापुरका किसानलाई उन्नत जातको धानको विउ


पुरुषोत्तम खनाल, बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले उन्नत जातको धानको विउ वितरणका लागि किसानसँग निवेदन माग गरेको छ । चालु आर्थिक बर्षको संघीय वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत विउ उपलब्ध गर्ने भएको छ ।

खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा मूल्य अनुदान अन्तर्गत सञ्चालन हुने धानको उन्नत जातको विउ प्रयोग कर्तालाई ५० प्रतिशत अनुदान कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, समूह, सहकारीसँग निवेदन माग गरिएको राजापुर नगरपालिका कृषि शाखा नायब प्राविधिक सहायक रमेश वलीले बताउनु भयो । शाखाले यस वर्ष मोटो र मध्यम जातमा बहुगुणी १ र २, हर्दिनाथ २, ३, ४ र ६, सावित्री, स्वर्ण सब १, राधा ४, मकवानपुर १, चैते २ र ६ तथा मसिना जातमा हर्दिनाथ १ र ६ सावाँ मन्सुली सब १ र चैते ५ धानका लागि निवेदन मागिएको उहाँको भनाई छ ।

किसानलाई उन्नत विउको प्रयोग गरी व्यवसायिक खेती गर्न अनुरोध गरिएको छ । भौराक्षेत्र धान उत्पादनका दृष्टिले निकै महत्वपूर्ण रहेकाले पुरानो विउको प्रयोगले उत्पादन नबढ्ने तर्फ किसानलाई सचेत गर्न र व्यवसायिक खेती तर्फ आकर्षित गर्नु पर्ने आवश्यकता बढेको उहाँले प्रष्ट्याउनु भयो । राजापुरमा रहेको श्री राजापुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राजापुरले यस आर्थिक वर्षका लागि उन्नत जातको धानको विउ बिक्री वितरण सुरु गरेको छ ।

बर्षे धान वालीको उत्पादन वृद्धिका लागि सुपथ मूल्यमा गुणस्तरीय विउ ल्याएर किसानलाई दिन लागिएको सहकारीका व्यवस्थापक भरत बहादुर चौधरीले वताउनु भयो । सहकारीले किसानलाई मकवानपुर २ हजार ४ सय ५० रुपैया प्रति बोरी, सुख्खा २, २ हजार ४ सय ५० रुपैया प्रति बोरी, सावित्री २ हजार ५ सय ९० रुपैया प्रति बोरीमा किसानले लगि रहेको र सर्जुवाउन केही दिनमै पाउन सकिने उहाँको भनाई छ । सहकारीले थोरै परिमाणमा उन्नत विउ ल्याएकाले समयमै सम्पर्क राख्न किसानलाई आग्रह गरिएको छ ।

तपाइको मत