fbpx

बर्दियामा स्वास्थ्य सम्बन्धि सचेतना पस्कन त्रैमासिक पत्रिका

बर्दियामा स्वास्थ्य सम्बन्धि सचेतना पस्कन त्रैमासिक पत्रिका


मुरली गोडिया, गुलरिया । बर्दियामा वेलनेस नामक स्वास्थ्य सम्बन्धी त्रैमासिक पत्रिका प्रकाशन शुरु भएको छ । पहिलो स्वास्थ्य सम्बन्धि पत्रिका वेलनेस शनिवार बर्दियाको गुलरीयामा एक औपचारिक कार्यक्रमका विच बिमोचन भएको छ ।

बिमोचन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेन्द्र धितालले बर्दिया जिल्लामा रहेका जनताका स्वास्थ्यका सवालमा यस पत्रीकाले महत्वपूर्ण भूमीका खेल्ने बताउनु भयो । जिल्लामै बुकलेट टाइपको यो पत्रीकाले आगामी दिनमा निरन्तरता पाओस भन्ने धारणा राख्दै वहाँले क्षमताले भ्याए सम्म साथ र सहयोग गर्नै प्रतिबद्धता समेत गर्नुभयो ।
नेपाल शिक्ष्क संघ बर्दियाका अध्यक्ष माधव ढकाल स्वास्थ्य तथा मानसिक सम्बन्धि सर्वश्रेष्ठ त्रैमासिक समाचार पत्र वेलनेस पत्रिका प्रकाशन गरी आम जनमानसमा स्वास्थ्य सम्बनिध थप जानकारी गराउन मद्दत मिल्ने बताउनु भयो । बिमोचन कार्यक्रमामा बर्तमान अवस्थामा पत्र पत्रीका चलाउन गाह्रो भैरहेको अवस्थामा पनी यसरी पत्र पत्रीका डिजीटल भै रहेको बेला पत्रीका चलाउनु शाहस भएको बताउदै नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य मतीराम शर्माले स्वास्थ्य सम्बन्धि निकालेको पत्रीकाको उज्जवल भबिश्यको कामना गर्दै शुभकामाना दिनुभएको थियो ।

स्वास्थ्य क्षेत्रमामा केही भएपनी यस पत्रीकाले महत्वपूर्ण भूमिका खेल्ने बताउदै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले स्वास्थ्यलाइ मध्यनजर गर्दै प्रकाशन भएको यस पत्रीकाले स्वास्थ्य सम्बन्धि समाचार सम्प्रेषण गर्ने उद्देश्य रहेको हुँदा यसको निरन्तरताको शुभकामना दिनुभयो । बिगत लामो समयदेखी बर्दिया जिल्लामा सामुदायीक सेवा फाउण्डेसन नेपाल स्थापना गरी सामुदायीक कान तथा आखा उपचार सेवा दिदै आउनु भएका बेलनेस पत्रीकाका प्रकाशक दिपक बहादुर बिसीले पत्रीका संचालनको मुख्य उद्देश्य समाजमा रहेका स्वास्थ्य चुनौतीलाइ केही भएपनी कम हुने बताउनु भयो । आफनो मुख्य चाहना हाम्रो शरीरले बाह्य तथा आन्तरीक शुद्धता पाओस भन्ने रहेको बिसीले बताउनु भयो ।

तपाइको मत