fbpx

हनुमान जन्मोत्सवका अवसरमा गुलरियामा यात्रा (भिडियो)

हनुमान जन्मोत्सवका अवसरमा गुलरियामा यात्रा (भिडियो)


मुरली गोडिया, गुलरिया । अञ्जनी पुत्र रामभक्त बजरंगवली हनुमानको जन्मोत्सवका अवसरमा बर्दियाको गुलरियामा यात्रा निकालिएको छ । गुलरिया स्थित भन्सार रोडमा अवस्थित गौरीशंकर मन्दिर, महिला मित्र मण्डलको आयोजनामा मंगलबार हनुमान जन्मोत्सव यात्रा निकालिएको हो ।

हनुमान जन्मोत्सव यात्राको पूर्व सन्ध्यामा अखण्ड रामायण तथा सुन्दरकाण्ड पाठ गरिएको गौरी शंकर मन्दीर सुन्दरकाण्ड महिला मित्र मण्डल गुलरियाका अध्यक्ष निलम श्रीवास्तवले बताउनु भएको छ । जन्मोत्सव यात्रा गुलरिया बसपार्क नजिकै रहेको आँप बगियाबाट शुरु भई बजार परिक्रमा गरी गौरीशंकर मन्दिरमा रहेको हनुमान स्थानको दर्शन पश्चात प्रसाद वितरणसँगै समापन भएको छ ।

सुन्दरकाण्ड महिला मित्र मण्डल र श्री गौरी शंकर मन्दिर व्यवस्थापन समिती गुलरिया ६ को अयोजनामा विभिन्न कार्यक्रमहरु गुलरियामा हुँदै आएका छन । धार्मिक कथा पाठ, भजन किर्तन, प्रसाद वितरण तथा भण्डारा जस्ता अनुष्ठानहरु गौरीशंकर मन्दिरमा हुँदै आएको आयोजकले जनाएको छ ।

तपाइको मत