fbpx

अपांग बालिकालाई विद्यालय पुग्न ट्राईसाईकल सहयोग

अपांग बालिकालाई विद्यालय पुग्न ट्राईसाईकल सहयोग

चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिका वडा नम्वर ६ तथा गुलरिया नगरपालिका महिला शाखाको समन्वयमा बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत अपांग बालिकालाई ट्राईसाईकल उपलब्ध गराईएको छ । गुलरिया नगरपालिकाको समन्वय तथा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लवद्वारा संचालित बालविवाह, चाँडै बिवाह र जवरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्र्तगत सरस्वती चौधरीलाई ट्राईसाईकल उपलब्ध गराईएको हो ।

गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव तथा प्लान ईन्टरनेशनल नेपालकी क्षेत्रीय प्रमुख मीना पराजुलीले बालिकालाई संयुक्त रुपमा एक कार्यक्रमका बिच ट्राईसाईकल हस्तान्तरण गर्नुभएको छ । मुक्ति नारायण टोल, भादापुर, गुलरिया वडा नं ८ निवासी १३ बर्षिया बालिकालाई केही दिन अघि वडाले ह्विलचियर प्रदान गरेको थियो । प्रत्येक दिन ३ कि. मी ह्विलचियरमा कठिन यात्रा गर्दा समस्या उत्पन्न भएपछि ट्राईसाईकलको माग गरिएको गुलरिया नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष शुधांसु प्रकाश शर्माले बताउनु भयो । शारीरिक रूपमा अशक्त बालिका कक्षामा नियमित भई पढाई प्रति उत्साहित थिईन । बालिकाको शिक्षा प्रतिको लगनशीलता देखेर सपोर्टको पहल भएको उहाँको भनाई छ । 

गुलारिया नगरपालिका महिला तथा बाल विकास शाखा र वडा नं ६ को समन्वयले बाँके यूनेस्को क्लव र प्लान नेपाल अन्तर्गत  चलिरहेको कार्यक्रम मार्फत यिनका निम्ति ट्राईसाईकल माग गरिएको थियो । ट्राईसाईकल पाउनु पूर्व बालिकाको ह्विलचियरको अगाडिको पाङ्ग्रा बिग्रियो, त्यसैले नयाँ व्यवस्था नहुँदा सम्म, शिक्षामा अवरोध नहोस् भन्ने उद्देश्यले उनलाई वडाको सहयोगमा नयाँ ह्विलचियरम प्रदान गरिएको थियो । ट्राईसाईकल पाएपछि बालिका र बालिकाको परिवार खुशी भएका छन् ।

तपाइको मत