fbpx

बढैयातालमा थारु संस्कृति जगेर्ना गर्न सामाग्री हस्तान्तरण

बढैयातालमा थारु संस्कृति जगेर्ना गर्न सामाग्री हस्तान्तरण


दलबहादुर सुनार, बढैयाताल । थारु जातिको संस्कृती संरक्षण गर्न बढैयाताल गाउँपालिका वडा नम्वर ८ ले आवस्यक सामाग्री बितरण गरेको छ । बढैयातालको मयुरबस्तिमा मयुर नाच र थारु संस्कृति संरक्षणको लागि आवस्यक सास्कृतिक सामाग्री बितरण गरेको हो ।

थारु भेषभुसा र मयूर नाचको जगेर्ना गर्ने उद्देश्यले थारु भेषभुसामा प्रयोग हुने कपडा, मयुर नाचमा प्रयोग हुने मयुरको प्वाँख, बाजा लगाएतको सामाग्री समुदायलाई उपलब्ध गराएको वडाले जनाएको छ । वडा अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षता तथा सदस्य उद्धब न्यौपाने, कृष्णकला सुनार र ममता घर्ती, थारु समुदायका अगुवा, बडघर लगाएको उपस्थितमा गरिएको सामाग्री बितरण कार्यक्रमको सञ्चालन वडा सचिब स्वस्तिका पौडेलले गर्नुभएको थियो ।

तपाइको मत