fbpx

बर्दियाको गुलरियामा मंगलबार हनुमान जन्मोत्सव यात्रा

बर्दियाको गुलरियामा मंगलबार हनुमान जन्मोत्सव यात्रा


मुरली गोडिया, गुलरिया । अञ्जनी पुत्र रामभक्त बजरंगवली हजुमान भगवानको जन्मोत्सवका अवसरमा बर्दियामा यात्रा गरिँदै छ । गुलरिया स्थित भन्सार रोडमा अवस्थित गौरीशंकर मन्दिर, महिला मित्र मण्डलको आयोजनामा मंगलबार दिउँसो १ बजे हनुमान जन्मोत्सव यात्रा हुन लागेको हो ।

हनुमान जन्मोत्सव यात्राको पूर्व सन्ध्यामा अखण्ड रामायण तथा सुन्दरकाण्ड पाठ गरिएको गौरी शंकर मन्दीर सुन्दरकाण्ड महिला मित्र मण्डल गुलरियाका अध्यक्ष निलम श्रीवास्तवले बताउनु भएको छ । जन्मोत्सव यात्रा गुलरिया बसपार्क नजिकै रहेको आँप बगियाबाट शुरु भई बजार परिक्रमा गरी गौरीशंकर मन्दिरमा रहेको हनुमान स्थानको दर्शन पश्चात बगलामुखी मन्दिरमा पुगी समापन हुने बताईएको छ ।

हनुमान जन्मोत्सवका अवसरमा आयोजित शान्तिपूर्ण शोभायात्रामा सहभागी हुन सम्पूर्ण सनातनी धर्मावलम्वी लगायत भक्तजनहरुलाई श्रीवास्तवले आग्रह गर्नु भएको छ । यात्रा पश्चात प्रसाद वितरणको कार्यक्रम छ । सुन्दरकाण्ड महिला मित्र मण्डल र श्री गौरी शंकर मन्दिर व्यवस्थापन समिती गुलरिया ६ को अयोजनामा विभिन्न कार्यक्रमहरु गुलरियामा हुँदै आएका छन । धार्मिक कथा पाठ, भजन किर्तन, प्रसाद वितरण तथा भण्डारा जस्ता अनुष्ठानहरु गौरीशंकर मन्दिरमा हुँदै आएको छ ।

तपाइको मत