fbpx

बर्दियामा स्वास्थ्य पत्रिका वेलनेस विमोचन

बर्दियामा स्वास्थ्य पत्रिका वेलनेस विमोचन


विष्णु अधिकारी, बर्दिया । प्राकृतिक चिकित्सा सम्बन्धि आम नागरिकलाई जानकारी गराउने उद्देश्यका साथ बर्दियामा वेलनेस त्रैमासिक स्वास्थ्य पत्रिकाको शनिवार विमोचन गरिएको छ । प्राकृतिक चिकित्सा विधि पछिल्लो समय आम नागरिकको उपचारको पद्धती बनिरहेको बेला जानकारीमूलक स्वास्थ्य सचेतना गराउने उद्देश्यले वेलनेस त्रैमासिक समाचार पत्रको विधिवत रुपमा विमोचन गरिएको हो ।

प्रकृतीमै भएका श्रोत साधनबाट प्राकृतिक चिकित्सा उपचार हुने भएकाले प्राकृतिक चिकित्साको महत्वलाई नागरिकले ध्यान दिनुपर्ने नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठले विमोचन कार्यक्रममा बताए । डा. श्रेष्ठले प्राकृतिक चिकित्साको महत्वपुर्ण जानकारी मार्फत मानव जातिलाई स्वास्थ्य प्रति सजग बनाउन वेलनेस पत्रिकाले अहम भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । उनले उपचारका ५ पद्धती मध्ये प्राकृतिक चिकित्सा पद्धती मार्फत आफुले पनि आफ्नो स्वास्थ्यमा लाभ लिएका कारण यो पद्धतीमा आफु विश्वस्त रहेको बताए । डा. श्रेष्ठले प्राकृतिक चिकित्सालाई प्रभावकारी बनाउन आहार, विहार, व्यायाम, योगासन तथा सकारात्मक सोच अपनाएर प्राप्त गर्न सकिने कुरा बताएका छन् ।

गुलरिया नगरपालिका वडा नं. ५ सिर्जना टोलमा वेलनेस प्राकृतिक चिकित्सा मार्फत विभिन्न रोगहरुको उपचार गर्दै आइरहेको वेलनेस स्वास्थ्य पत्रिकाका प्रकाशक दिपक बहादुर वि.सी.ले जानकारी गराएका छन् । प्रकृतीले दिएका खानेकुराहरु के कसरी खाने तीनका गुणहरु के के छन्, त्यसले मानव स्वास्थ्यमा पार्ने प्रभाव बारे आम नागरिकले जान्नुपर्ने प्रकाशक वि.सी. ले विमोचन कार्यक्रममा बताएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष राजेन्द्र प्रसाद धितालले संचारमाध्यम राजनितिबाट टाढा रहन नसकेको वेलामा स्वास्थ्य क्षेत्रलाई प्रमुख मानेर वेलनेस पत्रिका प्रकाशन समुहलाई धन्यवाद दिएका छन् । धितालले जीवनका लागि सर्वाधिक महत्वपुर्ण कुरा स्वास्थ्य भएकाले स्वस्थ, सार्थक र सुन्दर जीवन जिउने कला प्राकृतिक जिवन पद्धनी भएको कुरामा जोड दिएका थिए ।
उनले प्रकाशन भएको वेलनेस पत्रिकाले स्वास्थ्य क्षेत्रमा नया आयाम थप्ने र मानव जीवनलाई स्वस्थ बनाउन सशक्त योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले बर्दियामा स्वास्थ्यलाई प्रमुखक्षेत्र बनाएर अघि बढेकोमा खुशी व्यक्त गरेका छन् । आचार्यले योग चिकित्सालाई जनजनमा फैलाउन पत्रिका सफल रहने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला स्थित पत्रकारहरु, नेपाल प्रेस युनियन, प्रेस चौचारी नेपाल, प्रेस सेन्टर नेपाल, शिक्षक, समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

तपाइको मत