पत्रकार महासंघको स्थापना दिवसमा बर्दियामा प्रभातफेरी
- शनिबार चैत १८ , २०७९
मुरली गोडिया, गुलरिया । नेपालका पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको ६८ औँ स्थापना दिवसको अवसरमा बिहीवार बर्दियाको गुलरीयामा प्रभातफेरी गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले आयोजना गरेको प्रभातफेरी गुलरीया स्थित राधाकृष्ण चोकबाट सुरु भई खानेपानी टोल, गणेशमान, हुलाक चोक, हुँदै पुन राधाकृष्ण चोकमा पुगी समापन गरिएको हो ।
प्रभातफेरीको समापन कार्यक्रममा शुभकामना दिँदै पत्रकार महासङ्घ बर्दियाका अध्यक्ष यादव आचार्यले नेपालमा लोकतन्त्र र स्वतन्त्र पत्रकारिताका लागी नेपाल पत्रकार महासङ्घको अहम भूमीका रहेको बताउदै देशमा भएका परीर्वतनको हिमायती नेपालका पत्रकार र पत्रकारका कलमहरुका माध्यम नै भएको बताउनु भयो । पत्रकारको आफ्नो पनी परीवार छ उनीहरुको पनी समस्या हुन्छ बेला बेलामा पत्रकारहरुलाइ पनी लान्छना लाग्ने गरेको तर्फ दुःख ब्यक्तगर्दै त्यस्ता लान्छना र भौतिक सुरक्षासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरी पत्रकारको अधिकारका लागि महासङ्घ लागि रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ बर्दियाका पूर्वअध्यक्ष राजेन्द्र धितालले आजका दिन नेपाली पत्रकारले गौरबको रुपमा सम्झनुपर्ने दिन भएको स्मरणगर्दै ६८ बर्ष पहिला कृण्ण प्रसाद भट्टराइको अध्यक्षतामा नेपाल पत्रकार संगको स्थापना भइ पछिल्लो समयमा संगठीत हुँदै नेपाल पत्रकार महासङ्घ भएको बताउनु भयो । बिभिन्न कालखण्डमा नेपालमा महासंघले दरो उपस्तिथी देखाएको वहाँले बताउनु भयो । प्रभातफेरीमा बारका अध्यक्ष, निर्माण ब्यवसायी संघका अध्यक्ष, गैर सरकारी संस्थाका प्रतीनिधी, लगायत महासङ्घका सदस्य, प्रेस युनियन, प्रेस चौतारी, प्रेस संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो ।