गुलरिया नगरपालिका वार्ड नं. ६ मा १२ जना कोभिड संक्रमित
- आइतबार बैशाख १२ , २०७८
चुरेकुञ्ज गुलरिया । गुलरिया नगरपालिका वडा नम्वर ६ मा गरिएको एन्टीजीन परिक्षणका क्रममा १२ जना कोभिड–१९ का संक्रमित फेला परेका छन् । २६ जनामा गरिएको परिक्षणमा ३ जना गुलरिया नगरपालिकाका कर्मचारी पनि छन् ।
शनिवार वडा नम्वर ६ मा गरिएको कोभिड परिक्षणका क्रममा धेरैजना संक्रमित फेला परेको गुलरिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डेले बताए । समुदायमा अवस्था भयावह छ । रुघाखोकी, ज्वरो, टाउको दुख्ने लगायतका विरामीहरु टनाटन छन् । सावधानी अपनाउनु पर्ने बेला छ । उनले भने यस्तै अवस्था रहीरहे गम्भीर चुनौती आउन सक्छ । तत्काल लकडाउनको आवस्यकता भैसकेकाले सम्वन्धित पक्षले त्यसतर्फ ध्यानदिनु जरुरी छ पाण्डेले भने ।
पोजेटिभ देखिएका सबै विरामीहरु होम आईशोलेसनमा छन् । समयमै लकडाउन गरी पूर्व तयारी गर्न सरोकारवाला पक्षलाई उनले अनुरोध गरे । वडामा कोरोना भाईरस संक्रमितको संख्या बढेकाले स्वास्थ्य मापदण्ड अपनाउन गुलरिया नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष निरज कुमार शर्माले आग्रह गरेका छन् । अत्यावस्यक काम बाहेक कोही पनि घर वाहिर ननिस्कनु । उनले भने अवस्था थप जटिल र गम्भीर आउन सक्ने भएकाले आफू,परिवार र छरछिमेकलाई महामारीबाट जोगाउन सबैले सचेत पार्नु जरुरी रहेको वडाध्यक्ष शर्माको भनाई छ ।