fbpx

राम नवमीको अवसरमा गुलरियामा शोभायात्रा (भिडियो)

राम नवमीको अवसरमा गुलरियामा शोभायात्रा (भिडियो)


विष्णु अधिकारी, बर्दिया । विश्व हिन्दु परिषद नेपाल एवं वजरंग दल बर्दियाको आयोजनामा राम नवमी पर्वको अवसरमा वृहत शोभायात्रा गरिएको छ । गुलरियाको बसपार्क स्थित आँप बगियावाट सुरु भएको शोभा यात्राले गुलरिया गाउँ, तुलापुर, राधाकृष्ण चौक हुदै गुलरिया न.पा.–६, भन्साररोडको गौरीशंकर मन्दिर हुँदै खैरापुरमा पुगेर समापन भएको छ ।

कार्यक्रममा स्वत स्फुर्त रुपमा हिन्दु धर्मावलम्बीहरुको उपस्थिती रहेको थियो । उनीहरुले हिन्दु धर्मको जगेर्ना र हिन्दु राष्ट्र कायमको मागगर्दै नगर परिक्रमा गरेका थिए । गुलरिया बजारमा रहेको शिव मन्दिरमा प्रत्येक मंगलवारका दिन हनुमानको आरती र प्रसाद वितरण कार्यक्रम भैरहेको छ । शोभा यात्राका संयोजक सुभम आचार्यले बताए ।

संयोजक आचार्यले वैदेशिक प्रलोभनमा परि राजनैतिक दलहरुले धर्म निरपेक्षता घोषणा गरेकोभन्दै रोष प्रकट गरेका छन् । उनले हिन्दु राष्ट्र कायम गर्नका लागि सबै हिन्दुहरु एक भएर अगाडी बढ्न आग्रह गरे । हिन्दु राष्ट्र कायम गराउनका लागी जनमत संग्रह गर्न सबै एक भएर राज्यलाई दबाब दिनुपर्नेमा उनले जोड दिएका थिए ।

भिडियोग्राफी : मुरली गोडिया ।

तपाइको मत